फ्लोरिडामा र्यापरलाई गोली हानी हत्या गर्ने ३ जना दोषी ठहर 

इनेप्लिज २०७९ चैत ६ गते १८:४१ मा प्रकाशित

अमेरिकाकोनफ्लोरिडा राज्यमा सन २०१८ मा भटभटे ( मोटरसाइकल)पसल अगाडी र्यापरलाई गोली हानी हत्या गर्ने ३ जनालाई दोषी ठहर गरिएको छ ।

 कलाकार एक्सएक्सएक्स टेन्टासियन नामक कलाकारलाई  गोली हानी हत्या गरेकोमा उनिहरुलाई सोमबार सजाए सुनाईएको छ ।

हत्या र लुटपाटको सम्बन्धमा सोमबार तीन जनालाई दोषी ठहर गरिएको छ भने ब्रोवार्ड काउन्टीको एक निर्णायक मण्डलले सोमबार बिहान फैसला सुनाएको हो।

दोषी ठहर हुनेहरुमा क्रमस २७ बर्षिय माइकल  बोटराइट, २६  बर्षिय डेड्रिक विलियम्स, २४ बर्षिय ट्रेभोन न्यूजोम सहित प्रत्येकलाई प्रथम श्रेणिको हत्या र २०१८ लुटपाटको आरोपमा दोषी ठहराइएको छ ।

र्यापर( कलाकार)को वास्तविक नाम जाहसे ड्वेन ओन्फ्रोय हो।

प्रतिक्रिया