स्वदेशको मायाले चार बालवालिकाको अध्ययनको अभिभावक ग्रहण

इनेप्लिज २०७९ चैत ५ गते १०:२८ मा प्रकाशित

विराटनगर,५ चैत । विदेशमा वसे पनि स्वदेशको मायाले विपन्न परिवारका बालबालिकालाई शिक्षा पहुँच पु¥याउने उदाहरणीय कार्य यहाँ देखिएको छ।

विगत २० बर्षदेखि संयुक्त्त अधिराज्यमा बसोवास गर्ने सुनसरीको बर्जु गाउँपालिकाका–५ का भरत अधिकारीले स्थानीय चार बालबालिकालाई माध्यमिक शिक्षा परीक्षा(एसईइ)सम्म अध्यापन गराउने गरि अभिभावक ग्रहण गर्नु भएको छ।

सो गाउँपालिकामा आज आयोजित एक कार्यक्रममा अधिकारीले सोही पालिकाको श्रीसार्वजनिक प्राविमा अध्ययनरत वेनी सरदार, नितु सरदार , सम्झना कार्की सुप्रिया चौधरीलाई विद्यालय पोशाक ,स्टेशनरी लगायत सामाग्री हस्तान्तरण गर्दै अध्यापनको अभिभावक ग्रहणको सार्वजनिक घोषणा गर्नु भएको छ ।

गाउँपालिकाका अध्यक्ष छिवछ रायले बालबालिकालाई शत प्रतिशत शिक्षामा पहुँच पु¥याउन सकेमा मात्र मुलुकमा समृद्धि ल्याउन सकिने धारणा राख्नु भयो ।

अभिभावक्त ग्रहण गर्ने अधिकारी र गोपाल अधिकारीले आफ्ना वुवाआमा स्व मानबहादुर र योगकुमारी अधिकारीको नाममा ट्रष्ट स्थापना गरी आगामी दुई बर्षभित्र उक्त पालिकालाईमा रहने गरी सुविधासम्पन्न एम्बुलेन्स प्रदान गर्ने घोषणाका साथै प्रत्येक वर्ष स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिनु भयो ।

सोही अवसरमा अध्यक्ष रायले सोही स्थानको तीन सय मिटर सडकलाई विस १९८४ उक्त स्थानमा आई जंगल फडानी गरि वसोवास गर्ने ‘मुखिया मान बहादुर मार्ग’ नामकारण गर्नु भयो ।

भारत अधिकारीले सोही स्थानका असक्त विरामी रहेका प्रमोद चौधरीलाई स्वास्थ्य सामाग्री सहित आर्थिक सहयोग उपलव्ध गराउनु भएको छ।

प्रतिक्रिया