अमेरिकाको ओहायोको रात्री क्लबमा एकाबिहानै गोली चल्दा २ जनाको मृत्यु, ४ जना घाइते

इनेप्लिज २०७९ चैत ४ गते २३:३६ मा प्रकाशित

अमेरिकाको ओहायोको रात्री क्लबमा एका बिहानै गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

ओहायोका प्रहरी अधिकारीहरूले कोलम्बसको रात्रीक्लबमा बिहानै भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको बताएका छन्।

अधिकारीहरूले शनिबार बिहान ५ बजे पछि शहरको दक्षिणमा संचालित थ प्लग भनिने क्लबमा एक घण्टा पछि प्रतिक्रिया दिएको आपतकालीन प्रेषक(इमरजेन्सी डिसप्याचार )हरूले भने।

एक जनाको घटनास्थलमै मृत्यु भयो । अर्कालाई बाल अस्पतालमा लागिएको थियो भने उनको पछि मृत घोषित गरिएको प्रेषकहरूले भने।

अन्य दुई जना पीडितलाई ओहायो हेल्थ ग्रान्ट चिकित्सा केन्द्र (मेडिकल सेन्टर) र दुई जनालाई ओहायोको स्टेट युनिभर्सिटी वेक्सनर मेडिकल सेन्टर(चिकित्सा केन्द्र )मा लगिएको अधिकारीहरूले बताएका छन्। उनीहरूको अवस्थाको बारेमा तत्काल कुनै थप जानकारी नभएको एबिसी समाचारले जनाएको छ ।

पीडितहरूको उमेर र अन्य विवरणहरू तत्काल उपलब्ध गराईएको छैन भने कुनै पनि गिरफ्तारीको कुनै सूचना नभएको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया