नाम्लो ईभेन्ट समूह अब डिजिटल मार्केटिङ सेवामा प्रवेश

इनेप्लिज २०७९ चैत ४ गते १५:३२ मा प्रकाशित

नाम्लो ईभेन्ट समूह अब डिजिटल मार्केटिङ(अङ्किय बजारीकरण) सेवामा प्रवेश गरेको छ । बिगत १ दशक देखि मेरिल्याण्ड राज्यलाई आफ्नो कर्मक्षेत्र बनाई अमेरिकाका विभिन्न राज्यहरुमा समेत व्यावसायिक र गुणस्तरीय फोटोग्राफी, भिडियोग्राफी, साउण्ड लाईट, डिजे, स्टेज डेकोरेशन लगायत बिभिन्न सामुदायिक, व्यावसायिक र मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना र ब्यबस्थापनको सेवा प्रदान गर्दै आएको नाम्लो ईभेन्ट समूहले गत महिना देखि आफ्नो ब्यबसायमा डिजिटल मार्केटिङको सेवा बिस्तार गरेको छ।

डिजिटल मार्केटिङका केही कामहरु नाम्लोले पहिलेदेखि नै गर्दै आएको भएतापनि आजको बदलिँदो बिश्वब्यापी बजारीकरणको प्रतिस्पर्धात्मक माग र आफ्ना नियमित सेवाग्राहीहरुको सल्लाह सुझावहरुलाई समेत मध्यनजर गरेर नाम्लो डिजिटलको छुट्टै ब्यबस्थापन गरि व्यावसायिक सेवाको रुपमा यसलाई विस्तार गरिएको छ।

यसले विशेषत् अहिलेको अत्याधुनिक संचारजगतका बिभिन्न प्रचलित माध्यमहरुमा सेवाग्राहीहरुको उत्पादन र सेवाहरुलाई प्रवर्द्धन गर्न र स्थापित गर्न विशेष मद्धत गर्ने बिश्वास लिईएको छ।

यसले नेपाल र नेपालीहरुका उत्पादनहरु, सेवासुबिधाहरु लगायत विभिन्न क्षेत्रहरुमा समर्पित उद्यमीहरु, ब्यबसायीहरु तथा ब्यक्तित्वहरुले गरिरहेका गतिविधिहरुलाई बिश्वब्यापी प्रतिस्पर्धामा स्थापित गराउन मद्दत गर्नेछ।

नाम्लो डिजिटलका बिभिन्न सेवाहरु मध्येको एक “नाम्लो अनलाइन पडकास्ट” समेत यसले गत हप्ता देखि शुरु गरिसकेको छ।

प्रतिक्रिया