‘न्यायालय र वारवीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’

इनेप्लिज २०७९ चैत ४ गते १५:३० मा प्रकाशित

विराटनगर,४ चैत । अधिवक्ताको परीक्षामा उत्तीर्ण कानून व्यवसायीहरुलाई दक्षता, भाषा एवं व्यवसायिक शिप प्रदान गर्न आजदेखि तीन दिने तालीम सञ्चालन गरिएको छ।

कोशी प्रदेश नेपाल कानून व्यवसायी परिषद विराटनगरद्वारा आजदेखि यहाँ आयोजित ३० औं अधिवक्ताको परीक्षामा उत्तीर्ण कानून व्यवसायिहरुलाई पूर्व व्यवसायिक आधारतभूत तालीममा क्षमता अभिवृद्धि ,सार्वजनिक महत्व विषय लगायतमा सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान प्रदान गरिने भएको छ ।

उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधिश सत्यमोहन जोशी थारुले तालीमको उद्घाटन गर्दै व्यवसायीहरु इमान्दार, निडर एवं अध्ययनशिल भई न्यायालय र वारवीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।

कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले पेशगत आचरण कायम राखी न्यायालयको गरिमा उच्च बनाइ राख्नपर्ने आवश्यक्त्ता औल्याउनु भयो ।

परिषद्का पार्षद प्रेमप्रसाद पोखरेल,नेपाल वार एशोसिएशनका केन्दीय उपाध्यक्ष सुरज खत्री, पूर्व प्रदेश महानिधिवक्ता चुडामणि आचार्य र देवी घिमिरेले मर्यादित एवं उच्च नैतिकवान सहित कार्य गरी न्यायालयलाई बलियो बनाउने भूमिका निभाउनु पर्ने सुझाव दिनु भयो ।

सङ्घीयता स्थापना पछि मोफसलमा पहिलो पटक हुन लागेको तालीममा कोशी र मधेश प्रदेशका १७ महिला सहित ५७ जनाको सहभागिता रहेको छ।–––

प्रतिक्रिया