डिसीका एक व्यक्तिलाई यौन शोषण गरेको अभियोगमा २ वटा आजीवन सजायको फैसला

इनेप्लिज २०७९ चैत ४ गते १२:२२ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीका एक व्यक्तिलाई यौन दुर्व्यवहार गरेको अभियोगमा २ वटा आजीवन सजायको फैसला सुनाईएको छ ।

गत शुक्रबार शृंखलाबद्ध बलात्कारीलाई दुई महिलालाई यौन आक्रमण गरेको र अभियोगमा दोषी ठहर भए पछि दुईवटा आजीवन सजाय दिइएको छ ।

३८ बर्षिय रोनाल्ड पी बेर्टन एक महिलाको आवासगृह (अपार्टमेन्ट)मा कोठा भत्काई सुतिरहेको समयमा यौन शोषण गरेका थिए । साथै बलात्कारीले उनको संचार उपकरण (घुम्ती यन्त्र) मोबाइल समेत लिएर भागेका थिए । उनले सन् २०१० मा बलत्कार गरेको प्रहरीले बताए ।

२०१० मा प्रहरीले पीडितको देब्रे र दाहिने नङ्गको डिएनए परिक्षण गरेका थिए । सन् २०१७ सम्म पनि उनि नै हुन् भन्ने पत्ता लगाउन सकिएको थिएन । यसैगरी सन् २००७ मा २७ बर्षिय एक महिलालाई समेत त्यसै गरि बलात्कार गरेको अनुसन्धान गर्दा उनि नै हुन् भन्ने ठहर भए पछि उनलाई गिरफ्तार गरिएको थियो । उनि प्रथम श्रेणीको यौन दुर्व्यवहार तथा अपहरण गरेकोमा मार्च २०२० मा दोषी ठहर भएका थिए ।

बेर्टनलाई सन् २०१४ मा भर्जिनियाको आर्लिंगटन काउन्टीमा बलात्कारको दोषी ठहराइएको थियो।

प्रतिक्रिया