पुटिन विरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत(आईसीसी)को युद्ध अपराधको मुद्दा जायज छ : बाइडेन

इनेप्लिज २०७९ चैत ४ गते ११:४० मा प्रकाशित

बाइडेनले पुटिन विरुद्ध आईसीसीको युद्ध अपराधको मुद्दा जायज रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको पक्राउ पुर्जीको स्वागत गरेका छन् ।

मलाई लाग्छ कि यो जायज छ, बाइडेनले सीएनएनको जेरेमी डायमन्डलाई भने।

बाइडेनले अदालतको अख्तियारलाई रुस वा अमेरिकाले मान्यता दिएको छैन भनेर स्वीकार गरे, “तर मलाई लाग्छ कि यसले धेरै बलियो आधार बनाउँछ,” उनले भने। पुटिनले “स्पष्ट रूपमा युद्ध अपराध गरेका छन्,” बाइडेनले थपे।

ह्वाइट हाउसले युद्ध अपराधका दोषीहरूको लागि जवाफदेहितालाई स्वागत गरेको बताएको छ ।

प्रतिक्रिया