अमेरिकाको मिजौरीको ग्रामीण क्षेत्रका प्रहरी र सहायक प्रहरीहरु अपहरणको षड्यन्त्रमा पक्राउ गरिएको एबिसी समाचारले जनाएको छ । मिजौरी राज्यको एक ग्रामीण इलाकाका शेरिफ(प्रहरी) र दुई डेपुटी(सहायक प्रहरी)हरूलाई कारागारमा राखिएको छ ।
उनीहरूलाई आमाबाबुको अपहरणको षड्यन्त्रमा एक व्यक्तिलाई सहयोग गरेको आरोप लगाइएको छ। मिजौरी राज्य राजमार्ग गस्तीका अधिकारीहरूले गत बिहीबार आइरन काउन्टी शेरिफ जेफ बर्केट, सहायक प्रहरीहरू म्याथ्यू कोजाड र चेस ब्रेस्नाहान र बच्चाका बुबा डोनाल्ड ग्यास्टनलाई गिरफ्तार गरेका थिए ।
चारैजनाले धेरै आरोपहरू सामना गरेका छन् भने शुक्रबार उनीहरुलाई छिमेकी वाशिंगटन काउन्टीमा कारागारमा राखिएको छ ।
आइरन काउन्टीमा लगभग ९,५०० बासिन्दाहरू रहेका छन् र सेन्ट लुइसबाट १०० दक्षिणपश्चिममा पर्दछ । बर्केटका वकिल गेबे क्रोकरले आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको बताए।
“यो सानो शहरको राजनीति हो,” क्रोकरले भने। “यस शेरिफलाई पदबाट हटाउने लामो प्रयासको निरन्तरता हो।” चारै जनालाई आपराधिक सडक गिरोह गतिविधिको आरोप लगाइएको थियो। ४६ वर्षीय बुर्केटलाई अपहरणको प्रयास, पछ्याउने र अन्य अपराधमा संलग्न भएको अभियोग लगाइएको छ।
बर्केट एक रिपब्लिकन हुन् भने उनले २०२० मा शेरिफमा निर्वाचित भएका थिए । विभागको सामाजिक संजाल अनुसार गत वर्ष उनी कोभिड-१९ को कारण झन्डै चार महिना अस्पतालमा भर्ना भएका थिए । उनलाई वायु प्रवाहक (भेन्टिलेटरमा समय बिताएका थिए । जब उनी अस्पतालमा भर्ना भए काउन्टी अधिकारीहरूले उनलाई कार्यालयबाट हटाउन खोजेका थिए भनि एबिसी समाचारले उल्लेख गरेको छ ।
प्रतिक्रिया