लम्की, चैत्र ३÷राष्ट्रको लागि संगित अभियात्रा शनिबार सुदूरपश्चिमको कैलालीबाट शुरु हुने भएको छ । राष्ट्रिय एकतालाई मजबुद बनाउन जन कलाकारले संगित अभियात्राको सुुरु गरेका हुन । संगितको माध्यामबाट सरकारको समालोचना गदै जनताको जनजिविका सवालमा आवाज उठाउदै सरकारलाई जनउत्तरदाई बनाउने आफुहरुको अभियान रहेको जनकलाकार समेत रहनु भएका पुुर्बमन्त्री मणि थापाले बताउनुभयो ।
२००७ साल देखि हालसम्मको परिवर्तनमा कलाकारहरुको महत्वपुुर्ण भुुमिका रहेको उल्ल्ोख गदै पुुर्व मन्त्री थापाले जनताले चाहे अनुुसारको परिर्बन अझै महशुुस नभएको बताउनुभयो । अभियानको क्रममा कैलालीको लम्की पुुगेका पुुर्ब मन्त्री थापाले भोली चैत्र ४ गते सुदूरपश्चिमको कैलालीबाट शुुरु गरी बिभिन्न ११ स्थानमा कार्यक्रम गरी बैशाख ५ गते काठमाण्डौमा कार्यक्रमको आयोजना गरीने उहाँले बताउनुभयो ।
कार्यक्रममा सबै दलका शिर्ष नेतालाई एउटै मञ्चमा राखि राष्ट्रिय सवालमा छलफल गरीने बताउनुुभयो । पछिल्लो समयमा देशमा विदेशी संस्कृतिले हमला गरी रहेको यस अवस्थामा यो अभियान संस्कृति संरक्षण र कम्युुनिष्ट एकताको लागि पनि भएको पुुर्ब मन्त्री थापाको भनाई रहेको थियो ।
देश परिर्बनको लागि ज्यानको आहुति दिएर लागेका जनबादी कलाकारहरुको अहिले राज्यले उचित सम्मान गर्न नसकेको जनकलाकार चिरन सिले बताउनुुभयो । अहीले देशका बिभिन्न ठाउँमा आयोजना गरीने सांस्कृति कार्यक्रम तथा मेला महोत्सवमा संस्कृति भन्दा विकृतिलाई प्रोत्साहन दिईरहेको भन्दै जनबादी कलाकार चिरन सिले चिन्ता ब्यक्त गर्नु भएको थियो । उहाँले १६ सदस्यीय जन कलाकारले देशमा भईरहेको विकृतिको लागि संगितको माध्यामबाट बिभिन्न ठाउँमा सांगितिकि अभियान हुने भएकाले सबैलाई सहभागिताका लागि अनुु्रोध समेत गर्नु भएको छ ।
नेकपा विप्लप समुहका केन्द्रीय सदस्य गणेश ढकालले सरकार जनकलाकारको सम्मान गर्न नसकेको बताउनुभयो । संगितको माध्यामबाट देश परिर्बन गर्नको लागि लडेका सांगितिक योद्धाहरुलाई सबैले साथदिनुु पर्नेमा जोड दिनुभयो । कम्युनिष्ट पाटि फुुटे जस्तै जन कलाकारहरु पनि आज चिरा चिरामा विभाजित भएको बताउदै कलाकार कर्ण बहादुर थापाले चिन्ता ब्यक्त गर्नुभयो । बामपन्थीहरु अहिले एक ठाउँमा आउनुुको बिकल्प नरहेको बताउदै यस यात्राले सार्थकता पाउनेमा विश्वास ब्यक्त गर्नु भएको छ ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया