मेक्सिकोमा ७ सन्तानकी अमेरिकी महिला अपहरण  , एफविआईद्वारा २० हजार डलरको पुरस्कारको घोषणा

इनेप्लिज २०७९ चैत ३ गते १४:११ मा प्रकाशित

मेक्सिकोमा ७ सन्तानकी एक अमेरिकी महिला अपहरणमा परेकी  सिविएस समाचारले जनाएको छ । एफबिआईले २० हजार डलरको पुरस्कारको घोषणा गरेको छ ।

उन्लाई मेक्सिकोमा उनको घरबाट अपहरण भएको एक महिना भन्दा बढी पछि एफविआईले त्यति रकमको घोषणा गरेको हो। 

बिहीबार जारी गरिएको एक विज्ञप्तिमा एफबीआईले ६३ वर्षीया मारिया डेल कारमेन लोपेजलाई फेब्रुअरी ९ मा उनको पुएब्लो नुएभो कोलिमाको घरबाट लगिएको विश्वास गरेको बताएको छ।

लोपेज सात सन्तानकी आमा हुन्, उनका धेरै बच्चाहरू अझै पनि दक्षिणी क्यालिफोर्नियामा बस्छन् । 

प्रतिक्रिया