लघुकथा-संयोग

इनेप्लिज २०७९ चैत ३ गते ११:२४ मा प्रकाशित

सरोेजले छिमेकी घरको सुमनलाई कत्ति पनि मन पराउँदैनथ्यो । उनीहरुको बोलचाल बन्द भएको थियो । एकदिन सुमनकी श्रीमती रमालाई भाइरल ज्वरो आएको थाहा पाएपछि सरोजले आफ्नी श्रीमती बन्दनालाई लिएर बिस्कुट बोकेर भेट्न पुग्यो ।

सरोजका बूढाबूढी सुमनकी श्रीमतीलाई बिरामी भएको थाहा पाएर भेट्न पुग्दा सुमनले अचम्मै मान्यो । “मलाई मन नपराउने सरोज आज मेरो घरमा कसरी आयो होला” उसले भन्यो । सरोजले सुमनलाई “तिम्रो श्रीमतीको हामी स्वास्थ्यलाभको कामना गर्दछौ” भन्यो । सुमनले “टाढाका मान्छेहरु पनि दुःख बिमार पर्दा हेर्न आउँछन् नजिकका ले झन् हेर्न नगई हुँदैन भनेर मनैले मान्दैन नि भन्ठानेर सरोजका बूढाबूढी भेट्न आएको हुनुपर्छ नि” भन्यो ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं

प्रतिक्रिया