लघुकथा -कामकाज

अरुणबहादुर खत्री “नदी” २०७९ चैत ३ गते ११:२२ मा प्रकाशित

रत्नकुमारीले छोराको शुभविवाह सम्पन्न गरेर घरमा बुहारी भित्रयाउछिन् । घरमा बुहारी भित्रयाएपछि उनले छोरासँग भन्दछिन् “तिमीले आफ्नो दुलहीलाई माया पनि गर्नुपर्छ घरायसी कामकाज पनि गर्न लगाउनुपर्छ नि ।” आमाको कुरालाई स्वीकार गरेर छोराले “हुन्छ आमा म मेरी श्रीमतीलाई माया पनि गर्छु हजुरलाई जस्तै धेरै माया गर्छु र उनले गर्नुपर्ने कामकाज पनि गर्न लगाउछु नि ।”

रत्नकुमारीको छोरी मेनुकालाई उनको भाउजू आएदेखि कुनै काम पनि गर्नु पर्ने भएन । सबै कामकाज भाउजूले नै गर्ने गर्थिन् । कामकाज गर्नु नपरेपछि मेनुकालाई साह्रै नै सुख भयो । काम गर्ने बानी पनि हट्यो । झन् काम गर्न नपरेपछि अल्छी लाग्न थाल्यो । मेनुकालाई सुहाउदा केटाको लागि माग्न आएपछि उनको पनि विवाह गरेर त्यस घरबाट बिदाई गरेर पठाइयो । विवाह गरेर अर्काको घरमा गएपछि मेनुकालाई कामकाज गर्नु पर्दा झन् काम गर्नै गाह्रो हुन थाल्यो । काम गर्ने बानी हटेपछि उनलाई साह्रै नै दिक्क लाग्यो ।

के गर्ने आफूले गरिरहेको काम गर्न छाडेपछि काम गर्ने बानी हट्छ पनि गर्नु पर्ने काम पनि बिर्सिन पुुग्छ नि त नौ दिनको नौलो बिस दिनको बिर्सियो भने जस्तै ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडांै

प्रतिक्रिया