कोलम्बियाको कोइला खानीमा २१ कामदारहरुको मृत्यु

इनेप्लिज २०७९ चैत ३ गते ११:१४ मा प्रकाशित

कोलम्बियाको कोइला खानीमा २१ कामदारको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

मध्य कोलम्बियाको एक कोइला खानीमा यस हप्ताको सुरुमा भत्किएको थियो भने उद्धार कार्य बिहीबार समाप्त भयो । तर अधिकारीहरूले दुर्घटनामा २१ कामदारको मृत्यु भएको बताएका छन्।

सुटाटौसा शहर नजिकैको खानी मंगलबार अबेर विस्फोटपछि भत्किएको थियो जसले यसका धेरै प्रवेशद्वारहरू अवरुद्ध पारेको थियो। उद्धार टोलीहरूले बाँचेकाहरूलाई खोज्न र शवहरू निकाल्न ३० घण्टाभन्दा बढी समयसम्म निरन्तर काम गरे ।

कुन्डिनामार्का प्रान्तका गभर्नर निकोलस गार्सियाले दुर्घटनामा नौ जना कामदार बाँचेको बताए । अस्पतालबाट रिहा भइसकेका छन् भने मारिएका खानी कामदारका आफन्तहरूले मनोवैज्ञानिक सहयोग पाएको बताए। दुर्घटनाको समयमा खानीमा रहेका सबै कामदारहरुको सनाखत भइसकेको अधिकारीहरुले बताएका छन् ।

कोलम्बियाका खानी मन्त्री इरेन भेलेजले बिहीबार खानीभित्र रहेको मिथेनका कारण विस्फोट भएको बताएकी छन् । अधिकारीहरूले विस्फोट कसरी भयो भनेर अनुसन्धान नगरेसम्म भवन-समूह (कम्प्लेक्स )बन्द रहने उनले बताइन ।

श्रोत :युएसन्यूज डटकम

प्रतिक्रिया