नेपालको जीतसँगै विश्वकप छनोटमा

इनेप्लिज २०७९ चैत २ गते २१:२७ मा प्रकाशित

काठमाडौं । आइसीसी क्रिकेट लिग- २ अन्तिम खेलमा नेपालले जीतसँगै एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। अभूतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको थियो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमामैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भएको छ ।

यो जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल भएको छ।

प्रतिक्रिया