पोल्याण्डले युक्रेनलाई ४ वटा मिग-२९ लडाकु विमान हस्तान्तरण गर्ने, नेटो सदस्य राष्ट्रमा लडाकु विमान दिने पोल्याण्ड पहिलो राष्ट्र

इनेप्लिज २०७९ चैत २ गते १६:५१ मा प्रकाशित

पोल्याण्डले आगामी दिनमा युक्रेनलाई ४ वटा मिग-२९ लडाकु विमान हस्तान्तरण गर्ने पोल्याण्डका राष्ट्रपतिले बताएका छन। 

पोल्याण्डले आगामी दिनमा युक्रेनलाई चार मिग-२९ लडाकु विमान उपलब्ध गराउने तयारी गरेको  पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडाले बिहीबार बताए ।  नेटो सदस्य राष्ट्रमा लडाकु विमान दिने पोल्याण्ड पहिलो राष्ट्र बनेको सिएनएनले जनाएको छ ।

उन्ले अगाडी भने अझै पनि उक्त बिमानले पोल्याण्डको हवाई क्षेत्रको रक्षामा सञ्चालन भइरहेको छ ।

उच्च स्तरमा निर्णय लिइएको र हामी विश्वस्तताका साथ भन्न सक्छौं कि हामी युक्रेनमा एमआईजीहरू पठाउँदैछौं डुडाले भने।

हामीसॅग दर्जनौं वा सो मिग्सहरु छन् जुन हामीले ९० को दशकमा जर्मन लोकतान्त्रिक गणतन्त्रबाट पाएका गरेका थियौं , उन्ले भने ।

प्रतिक्रिया