अमेरिकाको क्यालिफोर्निया राज्यको साक्रामेन्टो विमानस्थलमा उदग्रबिमान(हेलिकप्टर) चोर्न खोज्दा उदग्रबिमान दुर्घटना भएको छ भने संदिग्ध व्यक्तिको खोजी भै रहेको प्रहरीले जनाएका छन् ।
घटना बुधबार बिहानको समयमा भएको हो । अधिकारीहरूले बुधबार बिहान क्यालिफोर्नियाको साक्रामेन्टो एक्जीक्युटिभ विमानस्थलबाट उदग्रबिमान (हेलिकप्टर )चोर्ने प्रयास गरेपछि दुर्घटनाग्रस्त एक संदिग्ध व्यक्तिको खोजी गरिरहेका छन्।
दुर्घटनामा कोही पनि घाइते भएका छैनन् र कसैलाई पनि पक्राउ अहिले सम्म गर्न नसकिएको साक्रामेन्टो प्रहरीले भने।
अधिकारीहरुका अनुसार उदग्रबिमान चोरीको प्रयास स्थानीय समय अनुसार बिहान ५ बजे भएको थियो । उदग्रबिमानमा ठूलो क्षति भएको छ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।
संघिय उड्डयन प्रशासन (फेडरल एभिएसन एडमिनिस्ट्रेशन)का अनुसार चोरी भएको उदग्रबिमान (हेलिकप्टर) बेल ४२९ थियो।
प्रतिक्रिया