भारतबाट इन्धनको मूल्य घटेर आयो

इनेप्लिज २०७९ चैत २ गते ११:०१ मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले  भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ ।

जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।

अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

प्रतिक्रिया