प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने

इनेप्लिज २०७९ चैत १ गते २३:५३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले शीर्ष तहमा छलफल गरेर चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गर्नु भयोको थियो । कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिए पनि रास्वपाले कायमै राखेको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया