वीरेन्द्र रावल
धनगढी चैत्र १÷ नेकपा एमालेले देस ब्यापी संचालन गरिरहेको मिसन ग्रासरुट अभियान कैलाली जिल्ला लगायत सुदूरपश्चिममा पनि तिब्ररुपले सन्चालन भैरहेका छन ।
यसैबीच नेकपा एमाले गोदावरी नगर कमिटी वडानम्बर ३ को मालिका टोलको टोल भेलाले बुधबार सम्पन्न भएको छ । एमाले सुदुरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य यज्ञराज ढुंगानाको प्रमुख आतिथ्यमा टोल भेला सप्पन्न भएको थियोे । भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गानाले नेकपा एमालेले संचालन गरेको संगठन बिस्तार तथा सुदृढीकरण कार्यक्रमले एमालेलाइ थप बलियो बनाउने बताउनु भएको थियोे । स्थानीय निकाय ,संघ र प्रतिनिधि सभाको निर्वाचनमा भएका घात, प्रतिघातका कारक तत्व पत्ता लगाइ संगठनलाइ मजबुत बनाउने दिसामा सबै नेता कार्यकर्ता एकजुट हुनु पर्ने समेत ढुङ्गानाले बताउनु भएको छ ।
पार्टी भित्रका सबैखाले अस्वस्थतालाई समाप्त गर्दै संगठनलाइ नयाँ ढङ्गबाट अगाडि बढाउन सकेको खण्डमा आगामी निर्वाचनमा एमाले सबै दलभन्दा ठूलो दल बन्न कसैके पनि रोक्न नसक्ने पनि ढुङगानाले बताउनुभयो ।
सो भेलाले मालिका टोल कमिटीलाई पुनर्गठन गरेको छ । गठित टोल कमिटीका अध्यक्षमा हिक्मत सुनार, उपाध्यक्षमा निर्मला भुल, सचिवमा आशा सार्की, उपसचिवमा सिद्ध कामि र उपसचिव सुनिता कुँवर सहित लगायत १२ सदस्यीय टोल कमिटी गठन गरिएको जनाइएको छ ।
मालिका टोल भेला नेकपा एमाले वडान म्बर ३ का अध्यक्ष सावित्री बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा एमाले कैलाली जिल्ला कमिटी सदस्य रत्ना कुवर लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो । भेलामा १ सय ५० जना महिला पुरुषको सहभागीता रहेको बताइएको छ ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया