अमेरिकाको लुजियानामा राज्यको न्यू ओर्लिन्स शहरका एक पूर्व न्यू अर्लिन्स प्रहरी अधिकारीलाई मङ्गलबार संघीय कारागारमा १४ वर्षको कैद सजाय सुनाइएको छ । उनले १५ बालिकालाई यौन दुर्व्यवहार गरेका थिए भने उनि पहिले नै बलात्कार पीडित थिइन भनि एबिसीन्यूजले सामाचार लेखेको छ ।
संघीय अभियोजकहरूका अनुसार रोडनी भिक्नेयर २०२० मा एक प्रहरी अधिकारी थिए जब उनले तत्कालीन १४ वर्षीया पीडितलाई अर्को व्यक्तिले आक्रमण गरेपछि बलात्कार परीक्षणको लागि अस्पतालमा लगे। अभियोजकहरूका अनुसार भिक्नेयरले उनलाई प्रेमिका (गर्ल फ्रेन्ड )बन्ने र परामर्शदाता बन्ने प्रस्ताव राखेका थिए । प्रायः उनको घरमा अघोषित रूपमा उनि देखा परेका थिए ।
अदालतका कागजातहरूका अनुसार प्रहरीले यौन प्रकृतिका टिप्पणीहरू गर्न थालेका थिए । अन्ततः उनलाई अश्लिल तस्बिरहरु पठाउन मनाएका थिए ।
सेप्टेम्बर २३,२०२० युवती १५ वर्षको हुँदा उनले आफ्नो गाडीमा चढ्न आग्रह गरेका थिए । जब उनी यात्रु स्थान (सिट)मा थिइन्, प्रहरीले युवतीको शरीरका बिभिन्न स्थानमा छोएको न्याय विभागको समाचार विज्ञप्तिमा जनाईएको छ ।
उनलाई प्रारम्भमा राज्यले यौन आक्रमणको आरोपमा पक्राउ गर्यो । अमेरिकी जिल्ला न्यायाधीश लान्स अफ्रिकले ७ वर्षको सजायको प्रारम्भिक निवेदन सम्झौतालाई अस्वीकार गरे। मंगलबार उनले भिक्नेयरलाई १४ वर्षको जेल सजाय सुनाएका छन् ।
न्याय विभागको नागरिक अधिकार बिभागका सहायक अमेरिकी महान्यायाधिवक्ता क्रिस्टन क्लार्कले एक समाचार विज्ञप्तिमा भनिन हामी यो जवान युवती अगाडि आएकोमा कृतज्ञ छौं, यद्यपि उनले कसैले पनि उनको कुरा विश्वास गर्दैनन भन्ने सोचेकी थिइन् ।
तस्बिर कृतज्ञता :सेन्ट ट्याम्नि पेरिश शेरिफ कार्यालय
प्रतिक्रिया