लघुकथा-पेशा

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन ३० गते ११:२७ मा प्रकाशित

एकाबिहानै सरोज रामनवमीको दिन भगवानको दर्शन गर्न मन्दिर जान लाग्दा एउटा मासु पसलेले खसी र कुखुराको मासु बेचिरहेको देख्न पुग्यो । मासुपसलेले रामनवमीको दिन मासु बेचेको देखेर सरोजले भन्यो “आज रामनवमीको दिनमा मासु खान र बेच्न हुँदैन तपाईले मासु खान नहुने दिनमा बेचेको ?”

“के गर्ने मेरो पेशा नै मासु बेच्ने हो । हिजो चैतेदशैंको दिनमा बेच्दा बढी भएको मासु बेचेर सिध्याउनै प¥यो । त्यसैले पसल खोली बसेको” मासुपसलेले भने । “आजको दिन पसल बन्द गरेर भए पनि भोलिपल्ट बिहान उठेर यो मासु बेच्न भैहाल्छ नि हुन्न र ?” सरोजले भन्यो । “कोही कोहीले आजकै दिनमा मासु चाहिएर खोज्न सक्छ आज मासु किनेर लगेर फ्रिजमा राखेर भोलिको दिनमा खान पनि सक्छन् हिजोको मासु भोलिसम्म बिग्रन पनि सक्छ त्यसैले सकभर आजै बिक्री होस भनेर पेशागत हितका लागि बसेको” मासु पसलेले भन्यो । उसको कुराबाट चित्त बुझाई सरोज आफ्नो बाटो लाग्यो ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडा

प्रतिक्रिया