बिश्वभरि सेभेन -इलेभेन (७ -इलेभेन )इन्धन चौकी तथा सुबिधा पसल स्थापना र फैलाउने जापानका अर्बपति मासातोशी इटोको ९८ वर्षको उमेरमा निधन भएको सिएनएनले जनाएको छ ।
सेभेन एण्ड आई होल्डिङ्स ,सेभेन -इलेभेन(ग्यास स्टेसन या पेट्रोल/डिजल खुद्रा पसल)का सञ्चालकले सोमबार एक विज्ञप्ति जारी गर्दै मृत्युको पुष्टि गर्दै इटोको गत १० मार्चमा वृद्धावस्थाबाट मृत्यु भएको बताएका छन ।
उनले अमेरिकामा जन्मेको ७- इलेभेन खुद्रा पसललाई अन्तर्राष्ट्रिय मार्का (ब्रान्ड)मा परिणत गर्न सफल भएका छन् ।
सेभेन एण्ड आई होल्डिङ्सले अहिले १९ क्षेत्र र देशहरूमा ७-इलेभेन पसलहरू साथै संयुक्त राज्य अमेरिकाको मुख्य राजमार्ग अर्थात् तेज गतिमा चल्ने सडक छेउ /नजिक सुविधा पसलहरु सहित विश्वभर ८३,००० भन्दा बढी पसलहरु सञ्चालन गर्दछ।
१९८८ मा भएको एक अन्तर्वार्तामा इटोले १९६० माअमेरिकाको यात्रा गरेको बताएका थिए । सँस्था (कम्पनी)१९७२ मा सार्वजनिक भएको थियो भने उही समयम एक अधिकारी, तोशिफुमी सुजुकीले संयुक्त राज्य अमेरिकाको भ्रमणको क्रममा ७-इलेभेन खोलेका थिए ।
प्रतिक्रिया