लघुकथा-साझा बस

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन २९ गते ११:०० मा प्रकाशित

बुुढानिलकण्ठसम्म पुग्नु पर्ने भएकोले म लैनचौरमा पुगेर लगनखेलदेखि बुढानिलकण्ठ जाने साझा यातायातको बसभित्र पसे । बसभित्र पसेपछि खाली सिटमा बसे । म बसेको सिटसँगैको खाली सिटमा एकजना महिला आएर बसिन् । महिलाले मतिर फर्केर हेरिन् । मैले पनि ति महिलातिर फर्केर हेरे । महिलाले मसँग सोधिन् “दाइ कहाँसम्म जान लाग्नु भएको नि ?” मैले “बुढानिलकण्ठसम्म जान लागेको” भनी उत्तर दिए । “बहिनी कहाँसम्म जान लागेको हो नि ?” मैले सोध्न पुगे । “म पनि दाई बुढानिलकण्ठ मन्दिरको दर्शन गर्न जान लागेको हुँ दाई” उनले भनिन् ।

बसको खलासीले यात्रुहरुसँग पैसा उठाउँदै आयो । ति महिलाले आफ्नो ब्याग खोलेर पैसा दिइन् मैले पनि आफ्नो पर्सबाट पैसा निकालेर खलासीलाई दिए । महिलाले हामी दुुबैजनाको पैसा तिरेको भए मैले आफ्नो पैसा तिर्नै पर्ने थिएन मेरो पैसा तिरिन् कि तिरिनन् होला मैले मनमनै सोच्न पुगे ।

बुढानिलकण्ठ पुगेपछि हामी दुबैजना सँगै बसबाट बाहिर निस्कियौ । बसबाट बाहिर निस्केपछि एकजना केटा मान्छे ति महिलाको प्रतिक्षामा उभिरहेको देख्न पुगे । त्यो उभिरहेको केटा मान्छेसँग भेट भएपछि “म लाग्छु है दाइ अब पछि भेटौला नि” भनेर ति महिला आफ्नो बाटो लागिन् । म पनि आफ्नो बाटो लागे ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौ

प्रतिक्रिया