अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित तथा अमेरिकाकै अत्यन्तै क्रियाशील गैर मुनाफा सामाजिक सँस्था बाल्टिमोर एसोसिएसन् अफ नेपलिज इन अमेरिका (बाना)बानाद्वारा आयोजित अन्तर्राष्ट्रिय महिला दिवस शुभकामना तथा अन्तरकृया कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यस बर्षको अन्तर्राष्ट्रिय नारा नै लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” रहेको छ भने नेपालबाट समेत आएका आमन्त्रित अतिथि तथा विभिन्न वक्ताहरुले महिला दिवसको बारेमा र यसै सेरोफेरोमा आ-आफ्ना भनाई र आ- आफ्ना विचारहरु राखेका थिए ।
उक्त समारोहमा महिला आयोग प्रमुख माननिय कमला कुमारी पराजुलिको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरि महिला आयोगका सदस्य माननीय कृष्ण कुमारी पौडेल खतिवडा ,पूर्व संविधान सभा सदस्य विन्दा पाण्डेय ,(बाल संरक्षण प्रमुख) राष्ट्रिय बाल अधिकार परिषद् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नेपाल सरकारका नमुना भुसाल ,गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियकि कार्यकारी अध्यक्ष रबिना थापा ,एनआरएनए अमेरिका बरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्थ,मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अम्मर छन्त्याल ,प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय सचिवालयका सदस्य तथा बानाका पूर्व महा सचिव प्रभु थापा लगायत पूर्व अध्यक्षहरु अनसूया श्रेष्ठ वन्त, कूलमणि आचार्य समेत सहभागिता रहेको थियो ।
कार्यक्रमको आयोजना मार्च १२ आईतबारका दिन बानाको आफ्नै भवनमा गरिएको थियो । महिला आयोग प्रमुख माननिय कमला कुमारी पराजुलिले आयोजकलाई धन्यबाद दिदै प्रविधिमा महिला पहुँचको बिषयमा चर्चा गर्दै यो पहुच संगै चुनौतीको सामना गर्नु परेको बताइन ।
प्रमुख अतिथि पराजुलीले कोभिड महामारि पछाडी सबैले अनलाईन (साङ्गणिक)पढाउने भएकोले त्यस पछि एकदम हिंसाका घटनाहरु भएको स्मरण गराइन ।
पूर्व संविधान सभा सदस्य विन्दा पाण्डेय ,(बाल संरक्षण प्रमुख) राष्ट्रिय बाल अधिकार परिषद् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नेपाल सरकारका नमुना भुसाल ,गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियकि कार्यकारी अध्यक्ष रबिना थापा ,एनआरएनए अमेरिका बरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्थ,मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अम्मर छन्त्याल ,प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय सचिवालयका सदस्य तथा बानाका पूर्व महा सचिव प्रभु थापा लगायत पूर्व अध्यक्षहरुहरुले पनि महिला दिवसका बारेमा छोटो चर्चा गरेका थिए ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियकि कार्यकारी अध्यक्ष रबिना थापाले नागरिकताका कुरा समेत उठाउदै संस्थाले गरेका महत्वपूर्ण कामका बारेमा चर्चा गरिन । त्यसै गरि एनआरएनए अमेरिका बरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्थले सल्यानको दुर्गम स्थानमा सानो अस्पताल निर्माण गरेको चर्चा गरे । पूर्व संविधान सभा सदस्य विन्दा पाण्डेयले महिला श्रमिक दिवसको बारेमा चर्चा गरेकी थिइन् भने अध्यक्ष सुबोध पन्तले सबैलाई धन्यबाद दिएका थिए ।
कार्यक्रम संचालन महासचिब सागर घिमिरेले गरेका थिए । वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारतीले सबैलाई स्वागत मन्तब्य गरेकी थिइन् भने अतिथिहरुलाई खादा लगाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया