लघुकथा-चर्चित साहित्यकार

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन २८ गते १५:५४ मा प्रकाशित

शनिबारको दिन बिहान म घर नजिकैको मन्दिरमा भगवानको दर्शन गर्न पुगेँ । मन्दिरमा एकजना मेरो पुरानो मित्र बसन्तप्रकाशसँग भेट हुन पुग्यो र उसले मलाई “आजकल पत्रिकाहरुमा तपाईको रचना पढ्न पाइदैन नि” भन्यो । “खै आजकल लेख्ने व्यक्तिहरुको संख्या दिनहुँ बढ्दै गइरहेकोले पत्रिकाहरुमा रचना पठाउँदा छाप्न गाह्रो पर्न थाल्यो” मैले भने ।

“तपाईजस्तो चर्चित साहित्यकारले पठाएको रचना त जुन पत्रिकामा पनि छापिहाल्छ नि तपाईले रचना लेखेर पठाउन छाड्नु भएको हो जस्तो मलाई लाग्यो” बसन्तप्रकाशले भन्यो ।

“तपाईले निकाल्नु भएको साहित्यिक पत्रिकामा पनि मैले पठाएको रचनालाई स्थान दिनु भएन नि” मैले भन्दा तपाईको रचना मैले पाएकै छैन” भने साथी बसन्तप्रकाशले ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौ

प्रतिक्रिया