मनोज दाहाल
विराटनगर,२८ फागुन । नेपाली सेनाले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न विराटनगर –१८ भेडियारी स्थित ‘विराट राजा प्राचिन दरवार सङ्ग्राहलय’ भवनको निर्माण कार्य सम्पन्न गरेको छ।
नेपाली सेनाको भैरव गण मोरङले ऐतिहासिक सम्पादालाइ संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यका साथ रु १९ लाख ७६ हजारको लागत तथा सैनिकहरुको श्रमदानमा एक कठृा जग्गामा विस २०७९ कात्तिक २१ गतेबाट निर्माण कार्य शुरु गरी चार महिनाको अवधिमा उक्त सङग्राहलयको निर्माण कार्य सम्पन्न गरेको छ ।
सङ्ग्राहलयमा विराट राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुडा, सामाग्री एवं मुद्राहरु राखिएका छन् ।
महाभारत कालमा आठ विगाहा तीन कठृा १७ धुर क्षेत्रफल जग्गामा फैलिएको यो क्षेत्र राजा विराटको राजधानी तथा मत्सेय देशको नामले चिनिने गरेको पाइएको किवदन्ती रहेको छ ।
पाँच पाण्डव र उनीहरुको श्रीमती द्रोपति गुप्तबासको दौरान नाम परिवर्तन गरी विराट राजाको दरवारमा लुकेर बसेको भनाइ रहेको छ। उक्त्त क्षेत्रलाई विभिन्न कालण्डवाट संरक्षण गर्दै आइरहेको छ ।
विस २०२७ नेपाल सरकारको पुरातत्व विभागले यस स्थानमा उत्खनन् गरी प्राचिन कालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको मुद्रा ४० बटा भेटिए पश्चात यो क्षेत्र प्राचिन महाभारतकालमा विराट राज्यको राज दरवार भएको तथ्य पत्ता लागेको थियो ।
दरवार क्षेत्रमा सङ्ग्राहलय भवन निर्माण गर्नाले जिल्लाको धार्मिक महत्व वृद्धि गरी धार्मिक पर्यटन आगमनमा समेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ।
नेपाली सेनाका पूर्वी पृतनापति उपरथी डा आशबहादुर तामाङ्गले सङ्ग्राहलको आज उद्घाटन गर्दै यस ऐतिहासिक सङ्ग्राहलय स्थानीय जनताको सम्पत्ति भएको यसको संरक्षण सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले नेपाली सेनाले सामाजिक उत्तरीयदायित्व अन्तर्गत निर्माण कार्य गरेको यसको सुरक्षा गर्न स्थानीयवासीलाई आग्रह गर्दै इतिहास हाम्रो पौरख भएकोले यसप्रति गर्व गर्नुपर्नेमा जोड दिनु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले दरवार क्षेत्रमा रहेको एक विगाहा १० धुर जग्गाको संरक्षण गरी धार्मिक र सांस्कृतिक पर्यटकहरुलाई आकर्षित गर्ने जानकारी दिनु भयो ।
सांसद अमृत अर्याल, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई,महानगरका उपप्रमुख शिल्पा निराला कार्की,भैरव गणका गणपति अमृतबहादुर थापामगर,वडानं १८ का अध्यक्ष जितेन्द्रकुमार साह र दरवार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवले दरवार क्षेत्रको वृहत्तर विकासका लागि तीन तहको सरकारले लगानी गर्नुपर्ने सुझाव दिनु भयो ।
सोही अवसरमा पृतनापति उपरथी डा तामाङ्गले महानगर प्रमुख कोइरालालाई सङ्ग्राहलयको चाँवी हस्तान्तरण गर्नु भयो ।
पत्रकार
प्रतिक्रिया