पोखरामा अनुहार हेरेर रोग निको बनाउछु भन्दै सुरु गरे यस्तो शिविर, सत्यता के हो? को हुन् सिमान्त गुरु

इनेप्लिज २०७९ फागुन २८ गते ९:२३ मा प्रकाशित

पोखरा / पोखरामा सीमान्त गुरु भन्नेको कार्यक्रममा प्रहरीले छापा मारेको छ । पोखरामा छोएर नै रोगीलाई निको पार्दीन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरी हाजिर हुनेगरी छाडेको छ ।

विरामीलाई निको पार्ने भन्दै एक लाख २३ हजार रुपैयाँ उठाएका थिए । प्रहरीले उक्त रकम जफत गर्दै थप अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ ।

हेरेर वा छोएर विरामी निको पार्ने भन्दै पोखरामा अवैद्य शिविर संचालन गरेका व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत केसीलाई हाजिर जवानीमा छाडिएको हो ।

पोखरा महानगरपालिका १७ स्थित पावर हाउस रिसोर्टमा शिविर संचालन गर्दैै विरामीबाट एक हजार रुपैयाँका दरले असुल गर्ने गरेका थिए । झापाका भरत भण्डारी उर्फ सीमान्त गुरुले छोएर र हेरेर नै निको पार्ने भन्दै पोखरामा अस्पताल संचालन गर्दै आएका केसीले पोखरा ल्याएका थिए ।

सहायक जिल्ला अधिकारी गुरुदत्त ढकालले नियन्त्रणमा लिएका केसीलाई बिहिबार कार्यालय समयमा हाजिर हुनेगरी छाडिएको जानकारी दिए ।भिडियो सहीत

https://www.youtube.com/watch?v=Z3TeGp5f96A&t=1s
https://www.youtube.com/watch?v=HmiuX-5lOHE

प्रतिक्रिया