नेपाली महिला बिश्व सन्जाल (एनडब्लुजिएन) क्यालिफोर्नियाले भब्यरुपमा अन्तरराष्ट्रिय महिला दिवस मनाउदै ,तयारी सबै पूरा

इनेप्लिज २०७९ फागुन २७ गते २३:५५ मा प्रकाशित

नेपाली महिला बिश्व सन्जाल (एनडब्लुजिएन)क्यालिफोर्निया शाखाले भब्यरुपमा अन्तरराष्ट्रिय महिला दिवस मनाउने भएको छ । आयोजकले मार्च १२ का आइतबारका दिन हुने उक्त कार्यक्रममा सबैलाई सहभागिताको लागि आह्वान गरेको छ।

संस्थाकी अध्यक्ष लक्ष्मी खरेलले तयारी पुरा भएको जानकारी दिदै यस क्षेत्रमा बसोबास गर्ने सबैलाई चूलो निम्तो यसै मार्फत दिएकी छिन । यस बर्षको अन्तर्राष्ट्रिय नारी दिवसको नारा नै डिजिटल : लैङगिक समताका लागि नबिनता र प्रबिधि राखिएको छ ।

कार्यक्रम मार्च १२ का दिन बर्क्ली एडल्ट स्कूल ( वयस्क बिद्यालय)मा हुनेछ । कार्यक्रममा सहभागिताको लागि समितिको तर्फबाट अध्यक्ष – लक्ष्मी खरेल ,महासचिब- प्रज्ञा वाग्ले कार्यक्रम संयोजक – रोज लामा ,साँस्कृतिक संयोजक- सपना शर्मा तथा एनडब्लुजिएन क्यालिफोर्निया सम्पूर्ण परिवारले सबैलाई निमन्त्रणा दिएका छन् ।

कार्यकममा ११ बर्ष मुनिकालाईं निशुल्क प्रवेश समेत गरिएको छ ।

कार्यक्रम बिबरण यस प्रकार छ :

मिति: मार्च १२ ,२०२३
समय: बेलुकाको ४:३० देखि ९:३० सम्म
1701 San Pablo Ave #1701, Berkeley, CA 94702
११ बर्ष मुनिकालाईं निशुल्क प्रवेश

प्रतिक्रिया