मिसन ग्रासरुट अन्तरगत बनकट्टामा टोल भेला,
विभिन्न पार्टी परित्याग गरि ८ जना एमालेमा प्रवेश

इनेप्लिज २०७९ फागुन २७ गते १७:११ मा प्रकाशित

कैलारी, फागुन २७÷नेकपा एमालेले कैलारी गाउँ कमिटी वार्ड नम्बर ६ स्थित वनकट्टामा सनिवार टोल भेला सम्पन्न भएको छ ।

नेकपा एमालेले सन्चालन गरेको देसब्यापी ग्रासरुट कार्यक्रम विभिन्न स्थानीय निकायहरूमा तिब्र रुपले संचालनमा रहेका छन । स्थानीय ,प्रदेस र संघको निर्वाचनमा एमालेले भोग्नु परेका समस्या, घात, अन्तरघातका कारण पत्ता लगाइ संगठनलाइ थप बलियो र क्रियासिल बनाउने उद्देश्यले संचालित मिसन ग्रास रुट २०७९ चैत्र महिनाको अन्तिम सम्म सन्चालन हुने भएको छ ।

सो कार्यक्रम कैलाली जिल्लाका विभिन्न पालिका तथा नगर पालिकाहरुमा सन्चालनमा रहेका छन । सोही कार्यक्रम अनुसार नेकपा एमाले कैलारी गाउँ पालिकाको वार्ड नम्बर ६ को बन कट्टामा सनिवार सो अभियानको कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य बिरेन्द्र बहादुर रावलको प्रमुख आतिथ्यतामा टोल भेला सप्पन्न भएको हो । टोल भेलालाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रावलले : जनताका आधारभुत समस्याको पहिचान ,गर्न, पार्टी संगठन बिस्तार तथा सुदृढीकरण गर्ने मुल उद्देश्यका साथ नेकपा एमालेले मिसन ग्रास रुट अभियान सन्चालन गरेको बताउनु भएको छ ।

सबै स्थानीय तहमा लैजान सकेको खण्डमा एमाले प्रती जनताको बिश्वास जाग्दै जाने समेत रावलले बताउनु भएको छ । नेकपा एमाले वडा नम्बर ६ का वार्ड अध्यक्ष बिस्णु चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कैलारी गाउँ कमिटीका सदस्य शिव चौधरी , भलभन्सा पतिराम चौधरी ,गाउँका अघरिया माइकल चौधरी ,युवा सुमन सिङ, लगायतका ब्यक्तिले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सुमन सिंह ,सुरज चौधरी ,सल्लुराम चौधरी ,राजेस चौधरी ,गौरव बिस्ट ,अमृत बिस्ट,मन्जिता चौधरी र स्याम कुमारी चौधरी एमाले पार्टी प्रवेस गर्नु भएको छ । नब प्रवेसिलाइ प्रमुख अतिथि रावलले टीका लगाएर स्वागत गर्नु भएको थियो । सो कार्यक्रमको सन्चालन वडा कमिटीका उपाध्यक्ष राम प्रसाद चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया