रुसद्वारा युक्रेनका प्रमुख शहरहरुमा ९५ वटा क्षेप्यास्त्रहरु प्रहार

इनेप्लिज २०७९ फागुन २६ गते १७:५४ मा प्रकाशित

रुसले बिहीबार बिहान युक्रेनका प्रमुख शहरहरूमा कुल ९५ वटा क्षेप्यास्त्र प्रहार गर्दा राजधानी कीभको हवाई प्रतिरक्षाबाट टाढा रहेका छ वटा किन्जल ब्यालिस्टिक मिसाइलहरू( प्राक्षेपिक क्षेप्यास्त्र) समावेश भएको युक्रेनी सेनाले जनाएको छ।

“आक्रमण साँच्चै ठूलो मात्रामा हो र पहिलो पटक यस प्रकारका विभिन्न प्रकारका क्षेप्यास्त्रहरू प्रयोग गरीएको छ। यस पटक छ किन्जलहरू प्रयोग गरिएको छ। यो यस्तो आक्रमण हो जुन मैले पहिले देखेको याद छैन,” युरी इहनात, युक्रेनका वायुसेना नेतृत्व( कमाण्ड) प्रवक्ताले बिहीबार युक्रेनी दूरदर्शन( टेलिभिजन)लाई बताए।

“अहिलेसम्म, हामीसँग यी हतियारहरूको प्रतिरोध गर्न कुनै क्षमता छैन,” उनले थपे ।

किन्जालहरू साथै छ वटा एक्स-२२ पोतबिहार( क्रुज मिसाइल) क्षेप्यास्त्रहरु जुन रूसी सेनाहरूले पनि प्रक्षेपण गरेका थिए।

प्रतिक्रिया