बेइमान नेता र लोभी जनता

नवीन रायमाझी २०७९ फागुन २६ गते १२:११ मा प्रकाशित

देशको बारेमा प्रसंग चल्दा “नेता हरुले देश खतम पारे” भन्ने बाक्य हामि सबैले भन्दै र सुन्दै आएको हो, अब यस्तै प्रसंगमा नेता हरुले के भन्छन त्यो पंक्तिकार लाइ जानकारी छैन, किनकी पंक्तिकारको नेता हरु सँग कुनै हिमचिम र उठबस छैन. नेता सँग दोहरो चिनजान भनेको मेरो स्थायी ठेगाना रहेको काठमाडौँ वडा नम्बर १६ को वडा अध्यक्ष र सदस्य हरु सँग मात्र हो, होइन भने लगभग सबै राजनैतिक पार्टीका नेता हरु सँग मेरो परिचय छैन, केवल “राजा चिनाई” मात्र हो, अर्थात् म सबै नेता हरुलाई चिन्छु तर उनीहरुले मलाई चिन्दैनन्. अरु हरुले विभिन्न नेता हरुको कुरा निकाल्दा फलानो कमरेड र ढिस्कानो दाजु भनेर कुरा गरेको सुन्दा मलाई एक किसिमको इर्श्या लागेर आउँछ, र कहिले काँही सोच्छु यो सँसारमा नेता हरूसँग दोहरो परिचय नहुने मान्छे म एउटा मात्र हुँला कि अरु पनि होलान? दोहरो परिचय नभएपछि कसैसँग आशक्ति र घृणा हुने नै भएन र उनीहरुको समर्थन वा बिरोधमा घाँटी सुक्ने गरि कराउनु पर्ने कारण र बाध्यता पनि भएन, तर देशको बागडोर समातेर बसेको भएर र यो देसको नागरिक भएको कारण साथै थोरै नै भए पनि कर तिर्ने कारणले उनीहरुको कार्य सम्पादनको बारेमा बोल्न पाउनु मेरो अधिकार हो. मेरो बिचारमा यो देस खतम पार्नुमा (यदी खतम छ भने) जति नेताको हात होला त्यति नै योगदान हामि जनताको पनि छ. पाँच बर्षमा एउटा भोट दिएको आधारमा (त्यो पनि हो कि होइन उसैलाई मात्र थाहा हुन्छ) सम्बन्धित नेता सँग पैसा, जागिर र श्रीमती देखी आफुलाई आबश्यक सबै कुराको माग गर्नु कति सान्दर्भिक होला? अबश्य पनि त्यस्ता माग हरु सम्भब हुँदैनन्.

जुन र जस्तो साशन ब्यबस्थाको नाम दिए पनि सामान्य जनताको अधिकार भनेकोहरेक पाँच बर्षमा ( नियमित भयो भने ) लाइन लागेर एउटा व्यक्तिलाई भोट दिने बाहेक अरु अधिकार हुँदैन, जनता मालिक हुन भन्ने कुरा ब्यर्थ हो. यस्ता कुरा हरु सुनेर केहि क्षणको लागि खुशी हुन सकिन्छ तर यसको कुनै औचित्य छैन. संबिधान निर्माण गर्न नसकेर पहिलो संबिधान सभा बिघटन भयो, त्यसपछि निर्बाचन भएर दोश्रो संबिधान सभा गठन भयो, एकपटक संबिधान बनाउन नसकेर असफल भएका हरु मध्य नै करिब पचास प्रतिसत भन्दा बढी पुन निर्बाचित भएर आए. जनताले भोट दिएर बिजयी भएका मान्छे हरुको बारेमा बोल्नुभन्दा त्यस्ता असफल र नालायक ब्यक्ति हरुलाई नै पटक पटक चुनाबमा बिजयी गराउने जनता हरु यसमा बढी दोषी देखिन्छन, अब गलत मान्छेलाई नीति निर्माण गर्ने स्थानमा पुर्याएपछि उसले असल नीति निर्माण गर्न सक्ने कुरा भएन.

दशौ बर्ष राजनीतिको नाममा ब्यक्ति हत्याको ताण्डब गरेको र गुड्दै गरेको बसमा बम बिष्फोटन गरेर निर्दोष मान्छेको ज्यान लिने, बिबादास्पद छविका ब्यक्ति लाइ महत्वपूर्ण र संबेदनशील पदमा आसिन गराउने हरुलाई चुनाबमा भोट नदिएर पराजित गराउन सकेको भए जनता सच्चा छन् भन्ने बुझिथ्यो तर त्यस्तै ब्यक्तिहरु अत्याधिक मतले चुनाब जितेको देख्दा भोट दिने जनतालाई के भन्ने? अझ आठौ अच्चम त् के छ भने राजनैतिक पार्टी हरुले गरेको बिभिन्न घटनामा पिडित हुन पुगेका पिडित कै परिवारका सदस्य हरु ले पनि फूलमाला सहित त्यस्ता नेता हरुलाई सम्मान गरेको देख्दा यस्ता प्रकरणमा नेता भन्दा जनता खराब हुन् भन्ने मेरो बुझाइ छ.

अरुबेला त्यी नेता हरुलाई आमाचकारी गालि गर्ने हरुले चुनाबको बेलामा त्यीनीहरुको समर्थन वा बिरोधमा आफ्नो बहुमुल्य उर्जा खर्च गरेको देख्दा हामीहरुले नेतालाई गालि गर्ने भनेको उनीहरुले हामीलाई वास्ता नगरेको र नबोलेको कारणले मात्र हो जस्तो लाग्छ. चुनाबको परिणाम पछि फूलमाला, खादा र अबिरले ढपक्क ढाकिएको बिजयी उम्मेदवार को दायाँ बायाँ उभिएका कार्यकर्ता हरुको मुख हेर्नुपर्छ, त्यीनिहरु किन त्यति प्रफ्फुलित भएका होलान बुझ्न सकिंदैन, मानौ उनीहरुले नै चुनाब जितेका छन जसरि उभिएका हुन्छन. आफुले भोट हाल्ने नेताको पक्ष र अर्को नेताको बिपक्ष मा सामाजिक संजाल हरुमा कुर्लेको देख्दा अर्को आश्चर्य लाग्छ, त्यस्ता अर्थहीन बिषयमा लागेर समय फाल्नु भन्दा कुनै पुस्तक मात्र पढेर बस्यो भने ज्ञान आर्जन गर्न सकिन्छ. अब त्यस्तो गतिबिधि गर्दा सम्बन्धित ब्यक्ति ले केहि रकम दिएका छन् भने त्यो अर्कै कुरा हो.

यी र यस्तै कारण हरुले देस खतम हुनमा अर्थात् ओरालो लाग्नुमा नेताको मात्र होइन जनताको पनि त्यतिकै हात भएको पंक्तिकार लाइ लाग्छ. सबै जनताले नेताको गलत कुरामा नभुलेर अर्थात् उनीहरु सँग कुनै अनुचित आशा नगरेर खबरदारी मात्र गर्ने हो भने पनि यस्तो दुरावस्था हुने थिएन. जब सम्म दुइ चौटा मासु र एक बटुको रक्सीमा बिक्ने जनता हुन्छन त्यति बेला सम्म देस कहिले पनि माथि जान सक्दैन. अरुबेला कुनै वास्ता नगर्ने र चुनाबको मुखमा वरिपरि घुम्ने नेता र त्यस्ता नेता हरुको चिल्लो कुरा र दुइ चार सय रुपियामा लोभिने जनता हुन्जेल सम्म कुनै ठुलो आशा गर्न सकिन्न. देसमा इमान्दार नेता र त्यस्ता नेता बाट कुनै किसिमको आशा नगर्ने जनता पनि नभएको होइन तर यस्तो बर्ग कि त् “माइनोरिटी” मा छन् कि त् उनीहरु आगडि आउने आँट गरिरहेका छैनन्.

अन्तमा नेतालाई मात्र एकनासले गालि नगरेर हामि जनताले पनि आफुले दिएको भोटको मुल्यको आशा नगर्ने हो भने केहि राम्रो परिस्थिति को आशा गर्न सकिन्छ, होइन भने पछाडी नेतालाई गालि गर्ने र अगाडी पर्दा हात मोलेर उसको सबैभन्दा नजिक मै हुँ भन्ने प्रमाणित गर्न खोज्ने दोहरो मानसिकता राख्ने हो भने पुस्तौ पुस्ता सम्म यस्तै नाटक भइरहने ठोकुवा गर्न सकिन्छ. जसले जस्तो र जसरी कराए पनि बेइमान नेता र लोभी जनता हुन्जेल देश को अबस्था उस्तै र त्यो भन्दा तल जाने पक्का छ.

twitter@naviinr

–नवीन रायमाझी

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया