बालुवाटारमा माओवादी घटकका दलहरुको बैठक

इनेप्लिज २०७९ फागुन २६ गते ११:१५ मा प्रकाशित

काठमाडौँ । माओवादी घटकका नेताहरू आज फेरि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका छन् ।

बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । फागुन २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने र अन्तिम दिन प्रदर्शन गर्ने भनिएको छ।

जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सीपी गजुरेल, नेत्रविक्रम चन् ‘विप्लव’, कृष्णबहादुर महरा, जनार्दन शर्मा, हिसिला यमी, खड्गबहादुर विक ‘प्रकाण्ड’, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायतको उपस्थिति रहेको छ।

यसबीचमा बिहीबार सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ। प्रचण्डविरूद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदैछ।

प्रतिक्रिया