मेक्सिकोमा दुई अमेरिकीहरु अपहरणमा मारिएपछि गल्फ कार्टेल नामक गिरोहले माफी माग्यो

इनेप्लिज २०७९ फागुन २६ गते ०:५० मा प्रकाशित

मेक्सिकोमा दुई अमेरिकी नागरिकहरु अपहरणमा मारिएपछि निन्दा गर्दै गल्फ कार्टेल नामक गिरोहले माफी मागेको छ ।

लागू पदार्थ तथा औषधि ओसार पसारमा संलग्न आपराधिक गिरोह गल्फ कार्टेल ग्रुपो एस्कोर्पियोन्सले शुक्रबार, मार्च ३ को घटनाहरूको कडा निन्दा गर्दछ जसमा दुर्भाग्यवश एक निर्दोष काम गर्ने आमाको मृत्यु भयो भनि एक पत्र जारी गरेको छ ।

गल्फ कार्टेलले बिहीबार मेक्सिकोमा दुई अमेरिकी नागरिकको सशस्त्र अपहरणमा मारिएपछि माफी मागेको हो ।

एपीद्वारा प्राप्त गरिएको कार्टेलको पत्रमा हिंसाको निन्दा गरेको र उनीहरूले संलग्न सदस्यहरूलाई फिर्ता बोलाएका छन् भनि एनबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ । एक वरिष्ठ प्रहरी अधिकारीले पत्र वैध भएको विश्वास गरिएको एनबीसी न्यूजलाई भने ।

पत्रमा गल्फ कार्टेल ग्रुपो एस्कोर्पियोन्सले दुर्भाग्यवश एक निर्दोष काम गर्ने आमाको मृत्यु भयो र चार अमेरिकी नागरिकहरू अपहरणमा परे, जसमध्ये दुई जनाको मृत्यु भयो,” पत्रको अनुवादमा भनिएको छ।

“हामीले घटनाहरूको लागि संलग्न र प्रत्यक्ष रूपमा जिम्मेवार व्यक्तिहरूलाई सुम्पने निर्णय गरेका छौं जसले जहिले पनि आफ्नै दृढता र अनुशासन अन्तर्गत र गल्फ कार्टेल ग्रुपो(गिरोह )ले सँधै सञ्चालन गरेको नियमहरू विरुद्ध कार्य गरे।” बिज्ञप्तिमा भनिएको छ ।

मेक्सिकोको माटामोरोस टेक्ससको ब्राउन्सभिलको ठीक दक्षिणमा चिकित्सा प्रक्रियाका लागि मेक्सिको गए पछि चार जना अमेरिकीहरूलाई अपहरण गरिएको थियो। ४ जना मध्ये २ को मृत्यु भएको छ भने बाकि दुई जनालाई अमेरिका ल्याईएको छ ।

प्रतिक्रिया