लघुकथा-मूल्य घटाउने चलन

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन २५ गते १२:२० मा प्रकाशित

भवानी तरकारी पसलमा पुगेपछि उसले “काउली किलोको कति साहुजी ?” भन्यो । साहुजीले “किलोको साठी रुपैँया मात्र” भन्यो । “पचास रुपैँयामा दिनु नि साहुजी” भवानीले भन्यो । “सय रुपैँया किलोको काउली मैले साठी रुपैँया किलोमा दिदा तपाईले काउलीको मूल्य घटाउनु हुन्छ नि” साहुजीले भन्यो । “एकसय पचास रुपैँया किलोमा पनि काउली किनेर खायौ साहुजी” भवानीले भन्यो ।
“एकसय पचास रुपैँयामा किनेर खानु भएको काउली मैले साठी रुपैँया किलोमा दिदा तपाईले किन्न गाह्रो मानेर पचास रुपैँया किलोमा दिनु नि भन्न भयो नि” साहुजीले भन्यो । “हो नि साहुजी हामी किन्न आउने ग्राहकहरुले जुन सामानको भाउ पनि पसलेले भनेको मूल्यमा घटाउने चलन नै छ नि त” भवानीले भन्यो ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं

प्रतिक्रिया