दक्षिण अफ्रिकामा अभ्यासका क्रममा ढलेर भकुण्डो खेलाडीको मृत्यु

इनेप्लिज २०७९ फागुन २५ गते ०:२० मा प्रकाशित

दक्षिण अफ्रिकामा अभ्यासका क्रममा ढलेर भकुण्डो खेलाडीको मृत्यु भएको छ

दक्षिण अफ्रिकाका एक पेशेवर भकुण्डो (फुटबल )खेलाडीको मङ्गलबार बिहानको प्रशिक्षण सत्रमा ढलेर मृत्यु भएको रिचर्ड्स बे फुटबल क्लबल(भकुण्डो टोली) ले एक विज्ञप्तिमा जनाएको छ ।

क्वाजुलु-नाटाल भकुण्डो टोली चलाउने क्लबबाट खेल्ने खेलाडी जो विगत तीन वर्षदेखि खेल्दै आएका थिए । गत मंगलबार ट्विटरमा साझा गरिएको सन्देशमा उनको मृत्यु भएको घोषणा गरियो भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

सिफामानडला स्पेपे मटोलो टोलीका लागि मध्य पंक्तिका सशक्त खेलाडी थिए । जसले दक्षिण अफ्रिकी प्रिमियर बिभागको शीर्ष भकुण्डो प्रतियोगितामा प्रतिस्प्रद्धामा सहभागिता जनाएको थियो ।

रिचर्ड्स बे टोलीले गहिरो दु:ख व्यक्त गर्दै ‘स्पेपे’ मटोलोलाई असामयिक रूपमा गुमाएको बताएको छ । “उनी आज बिहान प्रशिक्षणको क्रममा ढले। खेल टोली थप जानकारी प्रदान गर्ने स्थितिमा छैन र शोकको यो कठिन समयमा उनको परिवारको गोपनीयतालाई सम्मान गरिएको छ।” भनि समाचार सिबीएसले समाचार प्रकाशित गरेको छ ।

दक्षिण अफ्रिकी फुटबल(भकुण्डो) संघले पनि साङ्गणिक (अनलाइन) साझा गरेको एक विज्ञप्तिमा मटोलोको अचानक मृत्यु स्वीकार गरेको छ।

“हामी दक्षिण अफ्रिकी फुटबल (भकुण्डो)संघको रूपमा यस कठिन समयमा उनको परिवार, साथीहरू र टोलीमा गहिरो समवेदना,सहानुभूति र हार्दिक शोक व्यक्त गर्न चाहन्छौं,” विज्ञप्ति जारी भनिएको छ । साथै “उनको को आत्माले शान्ति पाओस।” भनि जनाईएको छ ।

प्रतिक्रिया