विराटनगर,२४ फागुन । कोशी प्रदेश सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि सुरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
मन्त्रालयद्वारा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको आज यहाँ उद्घाटन गर्दै उहाँले महिलालाई संविधानले प्रदान गरेको अधिकार प्राप्त गर्नका लागि निर्वाचन क्षेत्र आरक्षण क्षेत्र निर्धारण गर्न आफ्नो दलमा दवाव सिर्जना गर्नुपर्नेमा जोड दिनु भयो ।
मन्त्री राजभण्डारीले समाजमा तल्लो तहमा प्रविधिमैत्री शिक्षा पहुँच पु¥याउन सकेमा महिलाको समृद्धिका साथै मुलुकको समग्र विकास हुने धारणा राख्नु भयो ।
कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले शिक्षा, शिप र रोजगारको माध्यममार्फत महिलालाई नेतृत्व तहमा पु¥याउन आजको आवश्यक्त्ता रहेको धारणा राख्नु भयो ।
विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले नगर क्षेत्रमा अहिले पनि ५० प्रतिशतभन्दा ज्यादामा महिला जन्मदर्ता र नागरिकता विहिन रहेकोले यसको समाधान हुनुपर्ने धारणा राख्नु भयो ।
मन्त्रालयका सचिव बासुदेव दाहाल, प्रदेश सभा सदस्य मीना श्रेष्ठ,मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई,सिता शर्मा र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जीव खनालले महिलालाई प्रविधि मैत्री बनाई अधिकतम आयआर्जन बनाउन समाजका हरेक तप्का लाग्नु पर्ने जोड दिएका छन् ।
सोही अवसरमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण गरिएको थियो ।
यसअघि मन्त्रालयबाट निकालिएको प्रभातफेरीले नगरको मुख्य मुख्य क्षेत्र परिक्रमा गरेको थियो ।
प्रभातफेरीमा मन्त्री भण्डारी, उपसभामुख दनुवार निजामती कर्मचारी, सशस्त्र र नेपाल प्रहरी,विद्यार्थीहरु, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया