अमेरिकी बिमानका परिचरलाई छुरा प्रहार र ढोका खोल्न खोजेको आरोपमा म्यासाचुसेट्सका एक व्यक्ति पक्राउ 

इनेप्लिज २०७९ फागुन २३ गते १९:३७ मा प्रकाशित

अमेरिकी बिमानका परिचरलाई छुरा प्रहार र ढोका खोल्न खोजेको आरोपमा म्यासाचुसेट् राज्यका एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

विमान परिचरलाई छुरा प्रहार गरी उडानको बीचमा ढोका खोल्न खोजेको आरोपमा एक व्यक्तिलाई अभियोग लगाइएको सिविएसन्यूजले जनाएको छ ।

३३ बर्षिय फ्रान्सिस्को सेभेरो टोरेसलाई खतरनाक हतियार प्रयोग गरेर उडान चालक दलका सदस्यहरू र परिचरहरूमा हस्तक्षेप गरेको आरोप लगाइएको  म्यासाचुसेट्सको अमेरिकी वकिलको कार्यालयबाट जारी गरिएको एक समाचार विज्ञप्तिमा उल्लेख गरिएको छ ।

टोरेस आइतवार लस एन्जलसबाट बोस्टनको लागि युनाइटेड एयरलाइन्सको उडानमा थिए । 

प्रतिक्रिया