मेक्सिकोमा अपहरणमा परेका ४ जना मध्ये २ जना मृत अवस्थामा फेला , २ जना जीवितै फेला

इनेप्लिज २०७९ फागुन २३ गते १७:५१ मा प्रकाशित

मेक्सिकोको सीमावर्ती सहरमा गत शुक्रबार सशस्त्र बन्दुकधारीहरूले अपहरण गरेका चार अमेरिकीमध्ये दुईजना मृत फेला परेका छन् भने दुई जना जीवितै फेला परेको मेक्सिकोका अधिकारीहरूले मङ्गलबार बताएका छन्।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरसँग दुर सॅचार प्रणाली माध्यमद्वारा गराईको पत्रकार सम्मेलनमा उक्त जानकारी गराईएको सिएनएनले जनाएको छ ।

तामौलिपासका गभर्नरका अनुसार रुग्णवाहिनी(एम्बुलेन्स) र सुरक्षाकर्मीहरूले अहिले बाँचेकाहरूलाई चिकित्सा सहयोग गरिरहेका छन्।

चारै अमेरिकीहरू माटामोरोसको (चिकित्सा उपचारकक्ष) मेडिकलक्लिनिकमा रहेका थिए भनि अनुसन्धानसँग परिचित अमेरिकी अधिकारीले सीएनएनलाई भने।

बाँचेका दुई मध्ये एक जना गम्भीर घाइते भएको अधिकारीले बताए।

प्रतिक्रिया