लघुकथा-खुसी

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन १९ गते ११:१९ मा प्रकाशित

एकाबिहानै म घरनजिकैको मन्दिरमा पुगे । मन्दिरमा मैले भगवानलाई ढोग्दै गर्दा एकजना बूढी आमैले भगवानको श्लोक पढेर भगवानलाई ढोगेर मन्दिरमा भगवानलाई चढाएको पैसा स्याउ र केरा आफ्नो झोलाभित्र हालिन्् । आमैले झोलाभित्र हालेको देखेपछि मैले त्यो मन्दिरको पूजारीसँग भने “भगवानको दर्शन गर्न भनेर आएको बूढी आमैले अरुले चढाएको फलफूल र पैसा किन झोलामा हालेर लगेको होला ?”

“ति बूढी आमैले आफ्नो नाति नातिनीलाई घरमा खुवाउन लगेको होला दाजु” पूजारीले भने । अर्को दिन फेरि तिनै बूढी आमैलाई बिहान मन्दिरमा दर्शन गर्न जाँदा मैले सोध्न पुगे “आमा तपाईले अरुले यहाँ भगवानलाई चढाएको फलफूल र पैसा किन लैजानुहुन्छ ?” “मेरो नाति नातिनीलार्ई खुसी पार्न फलफूूल र चढाएको पैसाले चकलेट बिस्कुट किनेर लग्छु नि बाबु” बूढी आमैले भनिन् ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
फोन नं. ४९५३५९४

प्रतिक्रिया