लघुकथा-विज्ञापन

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन १९ गते ११:१५ मा प्रकाशित

मानप्रसाद रुपाको कस्मेटिक पसलमा पुष्पले उसलाई दिनु भनेर छाडेर गएको गजल सङ्ग्रह लिन पुग्यो । मानप्रसादले कस्मेटिक पसलमा पुगेपछि रुपासँग गजलसङ्ग्रह मागेर लियो । रुपाले आफ्नो मोबाइल ब्यागबाट झिकेर “मैले तपाईलाई पुष्प सरको गजलसङ्ग्रह दिएको हाम्रो एउटा फोटो पसलभित्रै खिचौ न” भनिन् ।

“हुन्छ नि त हाम्रो फोटो फेसबुकमा राखेपछि पुष्प सरको गजलसङ्ग्रहको प्रचार पनि हुन्छ” मानप्रसादले भन्यो । “मेरो कस्मेटिक पसलको विज्ञापन पनि हुन्छ नि” रुपाले भनिन् । त्यसैले रुपाले मोबाइल निकालेर हाम्रो फोटो खिचौ भनेको हुनुपर्छ आफ्नो कस्मेटिक पसलका सामानहरुको विज्ञापन हुन्छ भनेर मानप्रसादले मनमनै भन्यो ।

सामाखुसी, सरकारी धारा,
काठमाडौं

प्रतिक्रिया