माया गर्ने मायालुले बोलीमा पनि…………..

इनेप्लिज २०७९ फागुन १९ गते ११:०० मा प्रकाशित

माया गर्ने मायालुले बोलीमा पनि माया मिसाउने गर
टाढा बाट इसारामा चित बुझेन मेरो नजिक आएर बस्ने गर

मेरो यादमा आउँछौ दिललाई अनेक कुरा सोध्छौ
जिन्दगीका सपनाहरू पुरा गर्न खोजेको छौ
मायाको बगैँचामा मायाको फूलहरू फुलाउने गर
यो मनबाट तिम्रो बारेमा सोधिरहने मेरो छ रहर

मन भित्र भएका कुराहरू भन मैले पनि सुन्नेछु
केही कुरा नलुकाऊ मैले अन्तिम निर्णय लिनेछु

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया