स्विडेन का प्रसिद्ध उपन्यासकार फ़ेड्रिक ब्याकम्यान को चर्चित कृति “अ म्यान कल्ड ओब” मा आधारित सिनेमा “अ म्यान कल्ड ओट्टो” गत महिना रिलिज भएको छ. एउटा को मृत्यु हुँदै मा अर्काको जिबन सकिदैन, जस्तो दुख आए पनि जिबन लाइ खुशी का साथ् बिताउनु को कुनै बिकल्प छैन र सबै आफ्नै आफ्नै समस्या ले घेरिएको हुँदा अर्काको दुखमा कसैलाई पनि वास्ता नहुने कटु सत्य हास्यरस मा बताउने यो सिनेमा को प्रमुख पात्र ओट्टो एन्डरसन को रुपमा टम ह्याङ्क्स ले अभिनय गरेका छन्.
ओट्टो एन्डरसन एक स्टिल कम्पनी बाट सेवानिवृत कर्मचारी हुन् र पत्नी को मृत्यु पछि आफ्नो जिबन सँग निराश छन्. उनले धेरै पटक आत्महत्या को प्रयास गरेका थिए तर हरेक पटक उनलाई बचाउन कोही न कोही आइहाल्छ. आफ्ना छिमेकी हरु सँग बिनाकारण झगडा गर्नु उनको स्वभाब हो. जब उनको नयाँ छिमेकी मेरिसोल ( मारियाना ट्रेविनो) सँग मित्रता हुन्छ त्यसपछि उनलाई आफ्नो जिबन प्रति माया लाग्दै आउँछ र उनि आत्महत्या कुनै समस्या को समाधान होइन भन्ने निस्कर्ष मा पुग्छन.
ह्याङ्क्स को सिनेमा मा अन्य कलाकार हरुको खासै ठुलो भूमिका हुँदैन तर पनि रचेल केलर, क्यामरुन ब्रिटन, म्याक बेदा लगायत का सहायक कलाकार हरुको पनि सानो सानो भूमिका छ. युबा ओट्टो को भूमिका मा अभिनेता ह्याङ्क्स का कान्छो छोरा ट्र्युम्यान ह्याङ्क्स ले पहिलो पटक अभिनय मा पाइला राखेका छन्. सिनेमा को बिषय गम्भीर हुँदा पनि यसलाई सरलता का साथ् प्रस्तुत गरिएको छ. धेरै पटक भावनात्मक दृश मा आँखा रसिलो हुनजान्छ, जो निर्देशक को सफलता हो.
अभिनय को बिषयमा नायक ह्याङ्क्स को अभिनय अत्यन्तै उत्कृष्ट छ. यो सिनेमा ह्याङ्क्स को “वान म्यान शो” भएको कारण अन्य कलाकार हरुको अभिनय सामान्य लाग्छ. डेबिड म्याग्गी को लेखन लाइ निर्देशक मार्क फोस्टर ले अत्यन्तै सरलता पुर्बक देखाउन सफल छन्. थोमस न्युम्यान को सङ्गीत, मेथिएस कोनिग्सविज़र को सिनेमोटोग्राफ़ि, म्याट चेज को सम्पादन को कारण पनि सिनेमा हेर्न लायक भएको छ.
यदी तपाईं नायक ह्याङ्क्स को प्र्संसक र अर्थपूर्ण सिनेमा को सौखिन हुनहुन्छ भने एकपटक अबश्य हेर्नुहोला. स्मरण रहोस नायक ह्याङ्क्स द्वारा अभिनित सन् १९९४ मा रिलिज भएको सिनेमा “फरेस्ट गम्प”, जसमा उनले एक मन्द बुद्धि को युबक को अभिनय गरेका थिए, जुन सिनेमा को सन् २०२२ मा हिन्दी रिमेक(“लाल सिंह चड्ढा”) गरिएको थियो र यो सिनेमा को प्रमुख भूमिका मा आमिर खान ले अभिनय गरेका थिए, तर ह्याङ्क्स र खान को तुलना गर्ने हो भने “कता को राजा राम कता को गने भन्डारी” भनेको जस्तो छ
पत्रकार तथा लेखक
प्रतिक्रिया