बजारमा रारा चाउचाउको सर्टेज हुँदा एउटा पसलमा पुगेर मैले “रारा चाउचाउ मलाई दशवटा दिनु न” भने । “रारा चाउचाउको अहिले सर्टेज छ दाइ तपाईलाई मैले चारओटासम्म दिन सक्छु” साहुनीले भनिन् । हाम्रो घरमा सातजनाको परिवार छ । “चारओटाले सबैलाई खाजा खान पुग्दैन नि” मैले भने । “एकजना ग्राहकलाई चारओटा भन्दा बढी दिन सक्दिन” साहुनीले भनिन् ।
“त्यसो भए घरमा गएर मैले मेरी श्रीमतीलाई पनि रारा चाउचाउ किन्न ल्याउछु मैले र श्रीमतीले चारचारओटा रारा चाउचाउ किनेर लग्यौ भने आठओटा रारा चाउचाउले घरमा सबैलाई खाजा खान पुग्छ नि” मैले भने । “हजुरको श्रीमतीलाई मोबाइलमा फोन गरेर यही बोलाउनु नि” साहुनीले भनिन् ।
सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
प्रतिक्रिया