मुलुकमा बिभिन्न कालखण्डमा राजनीतिक परिवर्तन भए र बिभिन्न समयमा फरक फरक राजनितिक दलका नेताहरुले नेपालको राज्य सत्ता सम्हाले । तर एकल बहुमत वा मिलिजुली सरकार जे जस्तो बने बनाए पनि न त सरकार पुरा कार्यकाल चल्न सक्यो न त देशले बिकास गरी जनताको जीबन स्तरमा नै कुनै सकरात्मक परिवर्तन आउन सक्यो । केबल डोजरे र असारे बिकासमा समय गयो । राजनेता भनिनेहरु यती ढुलमुले र अस्थिर चरित्रका बनेकी राजनीतिमा इमान जमान ,नैतीकता ,बिश्वासनियता ,पारदर्शिता जस्ता कुराहरु शाब्दिक रोमान्चकता मात्र हुन गयो । सुरु गरौ ४६ साल देखी । जब देशमा ब्यापार तथा पारबान सम्बन्धी कुरालाई अड्को थापेर भारतले नाकाबन्दी गर्यो र त्यसलाई नै सही समय ठानेर नेपालका प्रतिबन्धित राजनितिक दलहरुले ब्यबस्था बिरुद्ध आन्दोलन गर्ने निर्णय गरे । एक बरिष्ठ नेताको घरमा भएको राजनितिक सम्मेलनमा भारतीय नेताहरु आएर तत्कालिन राष्ट्र प्रमुख र राज्य ब्यबस्थालाई चेतावनी दिए पछी राजनितिक आन्दोलन अघी बढ्यो ।त्यसो हुँदै गर्दा राष्ट्र प्रमुख लाई केही सर्तहरु जस्तो सुरक्षा ,पररास्ट्र र जलस्रोत जस्ता कुराहरुलाई आफ्नो नियन्त्रणमा दिए ब्यबस्था टिकाइदिने प्रलोभन दिएको थियो । तर त्यसो हुन दिईएन र देशमा बहुदलिय ब्यबस्था आउन सक्यो ।
त्यस पछी बिभिन्न कालखण्डमा भएका घटना क्रममा राष्ट्रप्रमुख बाधक जस्ता देखिन पुगे । जस्तोकी नागरिकता दिने प्राबधानलाई अर्थ बिधेयक भित्र छिराएर लालमोहोरका सिफारिस गरिएको कुरालाई राष्ट्रप्रमुखले अबरोध पुरयाएको मानियो । जतिबेला देशमा माओवादी द्वन्द बिकराल बनिरहेको थियो र त्यसलाई बल पूर्वक दमन गर्न सेनालाई आदेश दिनु पर्ने कुरामा तत्कालिन सरकार प्रमुख र परमसेनाधिपती राष्ट्रप्रमुख बिच मतयैकता भएन । घटनाक्रम र समयक्रम अघी बढ्दै जांदा नेपाली सेनाले राष्ट्रप्रमुखको रक्षा गर्न सकेन । त्यस पछी राज उत्तराधिकारमा आएका पात्रको राज्य संचालनमा सकृय हुने महत्वकांक्ष्या ,पारिबारिक अलोकप्रियता ,स्थापित राजनीतिक दलहरु प्रतिको उपेक्ष्याभाव ,सार्क संगठनको पर्यबेक्ष्यकको रुपमा उत्तरी छिमेकिलाई राख्नु पर्ने प्रस्ताब र दक्षिणी छिमेकिले सुरक्षा छाता भित्र रहन गरेको आग्रहको अस्विकारोक्ती ,तत्कालिन सैनिक नेत्रित्वको बफादारीमा आएको निस्कृयता र देश भित्र चलेको राजनितिक आन्दोलनले परम्परागत तरिकाको राष्ट्रप्रमुख हुने प्रणालिको समाप्ती हुन गयो । जब बिद्रोही माओवादी शक्ती शान्ती प्रकृयामा आएर उदियमान ठुलो राजनीतिक शक्ती बन्यो र परम्परागत राजनीतिक शक्ती तुलनात्मक बाउन्ने बने अनी संबिधान सभामा बिना बहस छलफल र मतदान प्रकृया केही पनि अबलम्बन नगरि संबिधान सभाको पहिलो बैठकले राष्ट्रप्रमुख र राष्ट्रप्रमुख बन्ने परम्पराको निरन्तरताको अन्त्य गर्यो । त्यस पछी जनताको छोराछोरी राष्ट्र प्रमुख हुने भन्ने कुरा गर्दै गिरिजा प्रशाद कोइरालालाई मुलुकको पहिलो राष्ट्र प्रमुख हुने आस्श्वासन दिएकोमा चुनावमा राजनीतिक दलहरुको आकार र हैसियतमा आएको फेरबदल सँगै उहांलाई अबसर बाट बन्चित गरियो । दोस्रो चराणमा माधव नेपाललाई राष्ट्रप्रमुख बनाउने भनियो तर कार्यन्वयन गरिएन । यस्तै जोड कोणमा माओवादी पक्षले गणतन्त्र बादी नेताको रुपमा रामराजा प्रशाद सिंह र अन्य दलहरुले राम बरण यादबलाई उम्मेद्वार बनाए । राम बरण यादब राष्ट्र प्रमुख बने भने बिहारको दरभंगा जिल्लाको गरौल भन्ने ठाउंमा जन्मेका र नेपालमा कानुन पढ्न आएका र यतै न्यायधिस पदमा जागिर खाएर सेवा निबिर्त भएका नेपाली बोल्न बिर्सेंका अनी हिन्दी भाषाको प्रयोगको अधिकारको लडाईं लडेका परमानन्द झा उप राष्ट्रपती बने । जतिबेला निर्बाचित प्रधान मन्त्रिले प्रकृयागत त्रुटी गर्दै सेनापतिको बर्खास्ती गरेपछी , राष्ट्रपती र परमसेनाधिपती हुनुको नाताले,तत्कालिन भारतीय सैनिक प्रमुख दिपक कपुरको दबाबपूर्ण टेलिफोन संबाद पछी आफ्नो अधिकार क्षेत्र भन्दा पर पुगेर सेनापती पुनर्स्थापित गरिदिए । यसले बिबाद र बहस अनी केही समय आन्दोलनको बातावरण पनि खडा गरिदियो । ६२ ६३ सालको आन्दोलन दबाउन भूमिका खेलेका भनिएका लोक मान सिंह कार्किलाई अख्तियार प्रमुख नियुक्तिको लागि अमुख पार्टिको कोटा बाट सिफारिसमा परेका कारण कार्यालय खुल्ने समय अगावै नियुक्ती दिएर सपथ ग्रहण गराए । प्रोटोकल भुलेर बाबा रामदेबलाई दण्डवत गरे भने यस् जय संकरको हप्किपूर्ण दबाबको कारण अलिक असहज मान्दामान्दै पनि संबिधान जारी गर्न राजी भए । उनको कार्यकाल पछी दोस्रो कार्यकालमा महिला राष्ट्रपती हुन पुगिन । पूर्व लडाकु प्रमुख उप राष्ट्रपती बने । दोस्री राष्ट्रपती माथि पनि राष्ट्रपती पदको मर्यादा कायम गर्ने कुराले बहस खडा गरिदिएको अबस्था रह्यो । सरकार प्रमुखले गरेका सिफारिसहरुलाई मध्यरातमा नै भए पनि लाल मोहर लगाइदिने र पटक पटक गरिएको संसद बिघटनको सिफारिसलाई सदर गरिदिएको र सरकार प्रमुखको यस म्यान मात्र भएको आरोप लाग्यो । अलिक बिलासी बन्ने गरेको ,सबारी चलांउदा सर्बसाधारणले सास्ती पाउने गरेको जस्ता जन असन्तुस्टी पनि थिए । उनले हस्ताक्ष्यर गरेको बिधेयकमा दल बिभाजन सम्बन्धी ४०% सम्बन्धी प्राबधान लाई २०% मा झारी दल बिभाजन गर्ने र उक्त कार्य सके पछी पुन ४०% नै कायम गरेको कुरा चर्चामा रह्यो । त्यस्तै संसद्को राज्य ब्यबस्था समितिमा दुई बर्ष सम्म बहस र छलफल गरी ल्याएको नागरिकता सम्बन्धी बिधेयक प्रस्तुत नगरि तत्कालिन देउबा सरकारले अध्याधेस बाट बिधेयक ल्याएर राष्ट्रपती समक्ष्य पेश गरेकोमा १५ बुंदे सुझाब सहित पुनराबलोकनका लागि फिर्ता पठाएको तर ति बुंदाहरु माथि कुनै बहस र सुनुवाई नै नगरि जस्ताको त्यस्तै पुन पठाएको बिधेयकलाई राष्ट्रपतिले समय सिमा सकाएर अलपत्र पारीदिएको सबाल पनि छ ।
अब लागौ तेस्रो कार्यकालका लागि खडा गरिएका दुई दाबेदार उम्मेद्वारको नेपाली राजनीतिमा रहेको भूमिका बिश्लेषण गर्न तिर । उहाहरु दुबै जना बिगतमा सभामुख भएका ब्यक्तिहरु हुनुहुन्छ । दुबैको सभामुखको कार्यकाल बिबाद रहित भने छैन । राम चन्द्र पौडेल सभामुख हुंदा सदनलाई अनिर्णयको बन्दी नबनाउने भन्दै कतिपय बिधेयक जबर्जस्ती हंगामाका बिच बलपुर्बक पारीत गराएको ईतिहास छ । हाल सम्म कार्यन्वयनमा नलगेर नेपालले लाभ पाउन नसकेको र उद्गमस्थल टुङो नगरि ,सिमा नदी भनी महाकाली सन्धी पारीत गरिदा संसद्को नेत्रित्वदायी भूमिका उहा सभामुख हुँदा को हो जसले आज तीन दसक पछी सम्म पनि भारतलाई एकातर्फी लाभ दिलाई रहेको छ । सुबाश नेवाङ सभामुख भएको बखत चोर बाटो बाट नेपाललाई धर्म निरपेक्ष्य राष्ट्र घोषणा गरिएको ,संबिधान सभामा जनताले दिएको सुझाबलाई छलफलमा नल्याएको ,द्रुतमार्ग प्रयोग गरी बर्तमान संबिधान जारी गराएको जस्ता आक्षेप हरु छन । त्यस्तै रामचन्द्र पौडेल पार्टी सभापति र प्रधान मन्त्री हुने बाहेक नेपाली राजनीतिमा सबै लाभका पद धारण गरेको ब्यक्ती हुनुहुन्छ । उहाले १५ पटक सम्म प्रधानमन्त्री पदको चुनाव हारे पछी भारतीय दुताबासमा गएर कांग्रेसले भारतको के बिगारेको थियो र प्रधान मन्त्री हुन नदिएको भनेर भनेको कुरा चर्चामा थियो । सर्बोच्चमा रहेका राम्रा आस्थाइ न्यायधिसहरुलाई स्थाइ नगरि उच्च अदालत बाट प्रमोसन गराउने कुरामा बिना प्रमाण घुस खाएको आरोपमा प्रमोसन रोक्न पाइदैन भनेर तर्क गरेका थिए भने संबिधानको घोषणा गरे पस्चात जब भारतले लगाएको नाकाबन्दी मुलुकले झेलिरहेको बेला संबिधान घोषणाको मिती सार्नु भनेर भारतले गरेको आग्रह नमान्नु गल्ती भएको भनी आत्मा स्विकारोक्ती गरेका थिए । उनले निर्मल निवास प्रचन्डको परमधाम हो भनेको कुराको आज सम्म प्रस्ट परेका छैनन ।
-बिरकाजी बस्नेत
प्रतिक्रिया