विराटनगर,१७ फागुन । प्रदेश नं १ को प्रदेश सभाको आज बसेको दोस्रो बैठकले अन्तिम निर्णय सहित प्रदेशको नाम ‘कोशी प्रदेश’ कायम गरेको छ ।
नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेश सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट कोशी प्रदेश नामकरण सम्बन्धी प्रस्ताव सदनमा पेश भएको थियो ।
मत विभाजनको आधारमा प्रदेशको नाम टुङ्गो लगाउन कोशी प्रदेशको पक्षमा ८२ मत र विपक्षमा चार मत परेको सभामुख बाबुराम गौतमले जानकारी दिनुभयो ।
प्रदेश सभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको सभामुख गौतमले सदनलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया