राजेश घरमा नुन सकिएर घर नजिकैको किराना पसलमा नुन किन्न पुग्यो । उसले दुई प्याकेट नुन साहुजीसँग माग्यो । साहुजीले उसलाई दुई प्याकेट नुन बोराबाट झिकेर दियो । “दुई प्याकेट नुनको कति भयो नि ?” उसले साहुजीसँग सोध्यो । साहुजीले “पचास रुपैँया भयो” भनेपछि उसले आफ्नो पर्सबाट पचास रुपैँया निकालेर साहुजीलाई दियो ।
घरमा पुगेपछि उसले नुनको प्याकेटको खोलमा नुनको मूल्य बिस रुपैँया लेखेको देखियो । “बिस रुपैँयाको नुनको मसँग पच्चिस रुपैँया लिएछ नि साहुजीले” उसले आफ्नी श्रीमतीसँग भन्यो र नुन किनेको पसलमा उ फेरि फर्केर गयो र “नुनको मूल्य बिस रुपैँया लेखेको रहेछ तपाईले मसँग एक पोका नुनकोे पाँच रुपैँया बढी लिनु भएछ नि साहुजी” राजेशले भन्यो ।
त्यसै दिन राजेशले अरु किराना पसलमा पनि पुगेर “नुन एक पोकाको कति ?” भनेर सोध्यो । कुनै कुनै पसलमा पसलेले “नुन एक पोकाको बिस रुपैँया पर्छ तर अहिले हाम्रो पसलमा नुन नै सकिएको छ” भन्ने जवाफ दियो । एउटा पसलमा पसलेले “नुन अहिले पाउन गाह्रो छ तर मेरो पसलमा भएको नुनको पच्चिस रुपैँया तिरेर तपाईले लैजान सक्नु हुन्छ” भन्ने जवाफ दियो । नुनको हाहाकार भएर फाइदा उठाउन खोजेको पो रहेछ” उसले भन्यो ।
सामाखुसी मार्ग, ९३५÷५४
मोबाइल ९८४१७९७६६४
काठमाडौं (नेपाल)
प्रतिक्रिया