लियोनल मेस्सी र एलेक्सिया पुटेलास उत्कृष्ट पुरुष तथा महिला भकुण्डो खेलाडी घोषित

इनेप्लिज २०७९ फागुन १६ गते १२:१५ मा प्रकाशित

लियोनल मेस्सी र एलेक्सिया पुटेलास उत्कृष्ट पुरुष तथा महिला भकुण्डो (फुटबल) खेलाडी बनेका छन ।

पेरिसमा गत सोमबार फिफाको वार्षिक पुरस्कार समारोहमा लियोनेल मेस्सी र एलेक्सिया पुटेलास पुरुष र महिला फुटबलमा उत्कृष्ट खेलाडीको ताज जिते।

गत वर्षको अन्त्यमा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका मेस्सी दोस्रो पटक फिफाको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भए भने स्पानेली मध्यपंक्ति (स्पेनिस मिडफिल्डर )पुटेलास दोस्रो वर्ष फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएका छन्।

राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, साथै पत्रकार र समर्थकहरूको विश्वव्यापी टोलीले प्रत्येक वर्ष पुरस्कारमा मतदान गर्छन्।

३५ वर्षीय मेस्सीले पुरुष पुरस्कार मतदानमा पेरिस सेन्ट जर्मेनका सहकर्मी केलियन एमबाप्पे र रियल म्याड्रिडका अग्रपंक्ति करिम बेन्जेमालाई पछि पारेका छन् । अर्जेन्टिनाको विश्व भकुण्डो प्रतियोगिता जितेको सम्झना गर्दै मेस्सीले भने, ‘मैले लामो समयदेखि सोचेको सपना पूरा गरेँ । “यो कुनै पनि खेलाडीको लागि सपना हो, धेरै कम मानिसहरूले त्यो हासिल गर्न सक्छन् र म त्यसो गर्न भाग्यशाली भए ।”

विश्वकपको फाइनलमा मेस्सीले दुई गोल गरेपछि अर्जेन्टिना र फ्रान्सले अतिरिक्त समयमा ३–३ को रोमाञ्चक बराबरी खेलेपछि अर्जेन्टिनाले पेनाल्टीमा जित निकालेको थियो।

मेस्सीले पनि २६ खेलमा ६ गोल गरेका छन् । पुटेलासले गत मौशममा सबै प्रतियोगितामा ३४ गोल गरेकी थिइन् ।

प्रतिक्रिया