कवि रमेशको कविता विभिन्न पत्रिकामा पढ्न पाइन्थ्यो । उसको कविता पढेपछि कविता पढ्ने पाठक मधुशंकरले उसको मोबाइल नम्बर पत्ता लगाएर फोन ग¥यो । फोनमा कुराकानी भएपछि कवि रमेशसँग भेट्न पुग्यो । एक ठाउँमा उनीहरु दुईजनाबीच भेट भयो ।
भेट भएपछि “एउटा होटलभित्र पसेर चिया खाएर गफगाफ गरौं न” उसको कविता पढ्ने पाठक मधुुशंकरले भन्यो । एउटा होटलभित्र पसेर चिया समोसा र तरकारी खादै उनीहरुको गफगाफ भयो । गफगाफ सकिएपछि छुट्टीने बेलामा चियाको पैसा मधुशंकरले पनि तिर्न भनेर निकाल्दैन कवि रमेशले पनि तिर्न भनेर निकाल्दैन दुबैजनाले आफूले तिर्न नपरोस् भन्ठान्छन् ।
होटलको साहुजीले “तपाईहरुकोे जम्मा एकसय असी रुपैँया भयो” भन्दा पनि दुबैजनाले पैसा निकाल्दैनन् । होटलको साहुजी छक्कै पर्दछन् ।
सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
प्रतिक्रिया