लघुकथा-विदाई

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन १६ गते ११:२० मा प्रकाशित

नायब सुब्बा रामविक्रमको एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा भयो । सरुवाको पत्र पाएपछि रामविक्रमले रमाना लियो । रामविक्रमले रमाना लिएपछि रमाना लिएको मन्त्रालयको सहसचिवले “अहिले तपाई रमाना लिएर सरुवा भएको मन्त्रालयमा हाजिर हुन जानु होला । तपाईलाई पछि बोलाएर हामी भव्यसंग विदाई गर्छौ” भने । रामविक्रमले रमाना लिएर सरुवा भएको मन्त्रालयमा हाजिर हुन गयो ।

रामविक्रम सरुवा भएको एक महिना बित्न नपाउंदै रामविक्रमलाई रमाना लिदा एकदिन तपाईलाई हामीले बोलाएर विदाई गर्छौ भनेको सहसचिवको पनि अर्को मन्त्रालयमा सरुवा भयो । सहसचिवको सरुवा भएको थाहा पाएपछि रामविक्रम समय मिलाएर सहसचिवलाई भेट्न पुग्यो । सहसचिवले “तपाईलाई बोलाएर भव्यसंग विदाई गर्छौ मैले भनेको थिए मेरो आफ्नै सरुवा भयो यसमा कत्ति पनि दुःख नमान्नु है” भने ।

सामाखुसी मार्ग, ९३५÷५४, काठमाडौं
फोन नं. ९८४१७९७६६४

प्रतिक्रिया