रमाले आफ्नो घरसँगैको छिमेकी घरकी मनमायाको घर अगाडिको बगैँचामा पुगेर उभिएर मोबाइलले फोटो खिचेर आफ्नो फेसबुकमा राखिन् ।
रमाले उसको फेसबुकमा फोटो राखेको देखेपछि “मन नपर्ने मान्छेले रोपेको फूलको बगैँचामा पनि मान्छेले फोटो खिच्दा रहेछन्” मनमायाले भनिन् । मनमायाले त्यसो भनेपछि “फूल रोप्ने मान्छे मलाई बगैँचामा फुलेका फूलहरु मन परेपछि मन पर्न थाल्यो नि अब त” रमाले हाँस्दै भनिन् ।
“अब म फूल रोप्ने मान्छेसँग पनि खुसी मानेर फोटो खिचेर फेसबुकमा राख्छु नि फूल रोप्ने मान्छे मेरो फेसबुकमा साथी पनि छ नि” फेरि रमाले भन्न पुगिन् ।
सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
प्रतिक्रिया